कैलाली- कैलालीको धनगढीमा पुनर्स्थापनासहितको अस्पताल सञ्चालनको सम्झौता भएको छ । धनगढी उपमहानगरपालिका र अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलान्चोकबिच बुधवार सम्झौता भएको हो । धनगढी उपमहानगरपालिका–७ देवहरियाको शिव माध्यामिक विद्यालयको परिसरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र र वर्थिङ सेन्टरको भवनहरुमा पुनर्स्थापनासहितको अस्पताल सञ्चालनको सम्झौता गरिएको छ । अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलान्चोकले धनगढीमा शाखाका रुपमा अस्पतालसहितको पुनर्स्थापना केन्द्र सञ्चालन गर्न सम्झौता गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका अनुसार एक सय शय्या क्षमताको अस्पताल केन्द्रको छ । १८ वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया लगायतका सेवा केन्द्रले दिने भएको हो । धनगढीमा फिजियोथेरापीसहितका सामान्य उपचार सेवा दिने…
स्वास्थ्य डायरी
कैलाली – कैलालीको सेती प्रादेशिक अस्पतालमा उडुस र फोहोरबाट आजित भएका बिरामी कुरुवा आफैंले सरसफाइ गरेका छन् । सघन उपचार कक्षको कुरुवा घरमा बस्दैका कुरुवाहरुले उक्त कक्षको सरसफाइ गरेका हुन् । रातिको समयमा फोहरका कारण शरीर चिलाउने र उडुस किराले हैरान पार्न थालेपछि आफैं सरसफाइ गरेको डडेल्धुराको परशुराम नगरपालिका–१० पौछ्याडीका गौरीलाल बोहराले बताए । छोराको कुरुवा बस्न आएका उनले अस्पताल प्रशासन र विकास समितिले बेवास्ता गरेपछि बिरामीका कुरुवा आफैले सरसफाइ गरेको बताए । अस्पतालको पुरानो भवनमा उडुस लगायतका रोग किराका कारण बिरामी र कुरुवा हैरान भएका छन् । अस्पतालमा सरसफाइ कर्मचारी भएपनि प्रशासनको बेवास्ताका कारण आइसियूमा उपचाररत बिरामीका कुरुवाहरू हैरान भएका…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हिजाे मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल संकलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत् महसुल छुटको व्यवस्थाअनुसार उनले उक्त निर्णय गरेका हुन् । आजै मन्त्रालयले सबै सरकारी अस्पतालमा समयमै महसुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनले समयमै महसुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर…
काठमाडौं- अक्टोबर महिनालाई पिङ्क अक्टोबर भनेर पनि चिनिन्छ । यो महिनामा विशेषगरी माहिलालाई हुने स्तन क्यान्सरको बारेमा जानकारी दिने गरिन्छ । महिलालाई स्तन क्यान्स हुँदा कस्ता लक्षणहरू देखिन्छन् भन्ने विषयमा विशेषगरी यो महिनामा जनचेतनामूलक कार्यक्रम गरिन्छ । यसैगरी यो महिनामा स्तन क्यान्सर जितेर आएकाहरूलाई बधाई तथा हौसला प्रदानका कार्यक्रमहरु पनि गरिन्छ । यसै सन्दर्भमा नेपाल क्यान्सर हस्पिटलले पनि एउटा कार्यक्रम गरेको छ । आज उक्त कार्यक्रम हार्ड रक क्याफेमा ‘पिङ्क दिपप्रज्वोलन कार्यक्रम’ सम्पन्न भएको हो । नेपाल क्यान्सर अस्पतालका स्तन क्यान्सर कार्यक्रम निर्देशक तथा स्तन क्यान्सर विशेषज्ञ डा. प्रफुल्ल शाक्यका अनुसार हार्डरक क्याफेसँग मिलेर पिङ्क अक्टोबर उत्सव मनाइएको हो । …
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाएका छन् । बुधबार समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताए । देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाएर विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उनको धारणा थियो । ‘वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्नसक्ने गरी क्षमता बढाउनुपर्छ । उत्पादन वृद्धि भयो भने आयात बन्द गर्ने काम हामी गर्छौं,’ मन्त्री पौडेलले भने ।…
काठमाडौं – सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए । उनका अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाइने छ । डा गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिए । उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो…
काठमाडाैं- मानिसलाई देखिने विभिन्न समस्यामध्ये एक समस्या माइग्रेन पनि हो । डाक्टर घनश्याम खरेलका अनुसार माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसमा टाउको दुखेको कारणले बिरामीलाई अत्यन्तै गाह्रो हुन्छ । यसरी टाउको दुखेको अवस्थामा बिरामीले मर्न पाए हुन्थ्यो भन्ने सोच्ने अवस्था सिर्जना हुन सक्छ । उनी भन्छन्, ‘टाउको दुखाइ दुई प्रकारको हुन्छ । प्राइमरी हेडेक र सेकेन्डरी हेडेक । प्राइमरी हेडेकमा टाउको दुखाइको कारक तत्वहरू केहि देखिँदैन । भने सेकेन्डरी हेडेकमा केहि कारक तत्व देखिन्छ । माइग्रेन प्राइमरी हेडेकको एउटा पाटो पर्छ ।’ विश्वव्यापी तथ्यांकलाई हेर्ने हो भने करिब १५ प्रतिशत व्यक्तिलाई माइग्रेन भएको पुस्टि भएको उनले बताएका छन्…
काठमाडौँ- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको…
भक्तपुर- भक्तपर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ । बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए । मन्त्री थापाले प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा विस्तारै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी रहेको बताए । उनले भने, ‘बागमती प्रदेशका अस्पतालमध्ये भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेका छौँ, यो सेवा अब निरन्तर भक्तपुर अस्पतालमा चल्ने छ । यो सेवालाई विस्तार गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ, अन्य अस्पतालमा पनि यो सेवालाई विस्तार गर्नेछौँ ।’ मन्त्री थापाले आँखाको शल्यक्रिया सेवा सञ्चालन गर्न मन्त्रालयले बजेटको व्यवस्थापन गरेको…
काठमाडौँ- नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेंगीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए । विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । ‘भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ’, उनले भने । शाखाका प्रमुख डा दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए । उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेंगी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए । डेंगी संक्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ…

