स्वास्थ्य डायरी

काठमाडौं – निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकारअन्र्तगतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नति गर्न सघाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता जनाएका छन् । यसका लागि मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईसहितको बैठकले स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लेखी पठाउने गरी निर्णय गरेको छ । अब कोशी प्रदेश सरकारबाट हस्तान्तरण भएपश्चात केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक समन्वय गरेर काम थाल्ने बैठकमा मन्त्री पौडेलले बताए ।…

विस्तृतमा...

काठमाडौँ- विश्व स्ट्रोक दिवसको अवसरमा नेपाल मेडिसिटी अस्पतालले नेपालमै उत्कृष्ट स्तरको ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । बिरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्नका लागि उक्त युनिट सञ्चालनमा ल्याइएको हो । स्ट्रोक युनिटका लागि तालिम प्राप्त नर्सिङ सेवा देखि छुट्टै बेड, अपरेशन थिएटर, आईसियु र जाँच गर्ने ठाउँ छुट्याइएको छ । त्यस्तै यो युनिट सञ्चलान गर्नका लागि अस्पतालले अन्र्तराष्ट्रिय स्तरको प्रोटोकल र गाइडलाइन तयार पारेको छ जसमा स्ट्रोकको आपतकालीन अवस्थाको मुल्याङकन गर्ने, कुन अवस्थामा थ्रोमबेकटोमी तथा थ्रोमबोलाइसिस् उपचार विधि अपनाउने, बिरामीलाई स्वालोइङ तथा स्पिच थेरापी, फिजियोथेरापी र डिकम्प्रेसिभ हेमिक्राइनेकटोमीको आवश्यकता पर्छ, त्यही अनुसार सेवाहरुको व्यवस्था गरिएको छ । नेपाल मेडिसिटी…

विस्तृतमा...

बझाङ – बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका हुन्। तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी÷टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिए। उनका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेका हुन्। “जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उनले भने, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहेका छन्।”…

विस्तृतमा...

कैलाली – घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ । साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँगै स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयलाई टाढा जानुपर्ने बाध्यता हटेको छ। बिरामी हुँदा टाढा जानुपर्ने बाध्यता हटेपछि समय र पैसा पनि बचत भएको घोडाघोडी–६ का कृष्णबहादुर विकले बताए। “आफ्नै गाउँ नजिकै धेरै सेवा लिन पाउँदा खुसी लागेको छ”, उनले भने, “अब धनगढी, नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्यो ।” कम लागतमा सबै खालका सेवा स्थानीय स्तरमा पाएकामा देवसिंह विष्टले खसी व्यक्त गरे। “पहिले उपचार गर्नका लागि टाढा…

विस्तृतमा...

काठमाडौँ- देशभर डेंगु सङ्क्रमितकाे संख्या २८ हजार २ सय १२ जना पुगेकाे छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको छ । यस्तै, बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका १ हजार ४ सय ४५ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, सुदूरपश्चिमका १ हजार १ सय ८९ जनालाई डेंगु सङ्क्रमण भएको छ । यस्तै, जिल्लागत रुपमा सबैभन्दा बढी कास्कीका ७ हजार १६१ जनालाई डेंगु सङ्क्रमण भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको…

विस्तृतमा...

सिरहा- सिरहास्थित लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको छ । यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए । अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

विस्तृतमा...

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको मासु खाँदा ३५ जना बिरामी भएका छन् । सन्धिखर्क नगरपालिका-१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए । प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । अर्घाखाँची हस्पिटलमा एकजनाको उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए । बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले बताए । उनीहरू सबैको अवस्था सामान्य छ । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा तिवारीको जानकारी दिए ।

विस्तृतमा...

काठमाडाैं- हाम्रो शारीरिक बनावट अनुसार शारीरिक समस्या वा हाम्रो शरीरमा लाग्ने रोग पनि फरक–फरक हुन्छन् । प्रोफेसर डाक्टर रामनन्दन प्रसाद चौधरीका अनुसार भर्खर जन्मेको बच्चादेखि १८ वर्षसम्मको उमेरमा गरिने सम्पूर्ण शल्यक्रिया सम्बन्धि कार्यलाई पिरियाडिक सर्जरी भनिन्छ । बच्चा जन्मेको २८ दिनसम्म गरिने शल्याक्रियालाई न्यूनेट्रल सर्जरी भनिन्छ । २८ दिनदेखि एक वर्षसम्म गरिने सर्जरी इन्फ्यान्ट हो । एक वर्षदेखि १४ वर्षसम्म पिरियाडिक सर्जरी र १४ देखि १८ वर्षसम्म गरिने शल्यक्रिया एडोलेसेन्ट सर्जरी हो । बच्चामा विभिन्न किसिमका सर्जरीहरू गर्नुपर्ने हुन्छ । आन्द्रामा आन्द्रा खप्टिने, आन्द्रामा प्वाल नहुने, खाना नली वा श्वास नलस् जोडिने, हर्निया हुने, पिसाब नालीमा समस्या हुने, मृर्गौलामा पनि…

विस्तृतमा...

-डा. मिना प्रधान महिलालाई विभिन्न शारीरिक समस्या हुने गर्दछन् । तीमध्ये प्रमुख समस्या पाठेघरको मुखमा घाउ हुनु हो । यो अधिकांश महिलामा देखिने गर्छ । यसले पाठेघरको क्यान्सर जस्तो जटिल समस्या पनि निम्त्याउन सक्छ । पाठेघरको मुखमा घाउ हुँदा महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, यौन सम्पर्कपछि दुख्ने वा पोल्ने समस्या हुन्छ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ । ब्याक्टेरियाको कारणले पाठेघरमा समस्या देखिएको हुन्छ । ब्याक्टेरियाले हाम्रो शरीरको रगत तथा मासुलाई पिपमा रूपान्तरण गर्छ । बिस्तारै यो फैलिदँदै जान्छ र यसले ठूलो रूप लिन्छ । यो फैलिँदै गएपछि पाठेघर, लिभर लगायत विभिन्न ठाउँमा क्यान्सरको समस्या…

विस्तृतमा...

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-४ असैनास्थित पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेको सङख्या बढेको छ । स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०/८१ को असार मसान्तसम्म १० हजार नौ सय ७० बिरामीले सेवा लिएका छन् । तीमध्ये महिला सात हजार चार सय ९१ र पुरुष तीन हजार चार सय ७९ रहेका छन् । उपचारका लागि स्वास्थ्य चौकी पुग्ने ज्येष्ठ नागरिकको सङ्ख्या मात्रै एक हजार छ सय सात रहेको छ । सुरक्षित रूपमा प्रसूति गराउनेको सङ्ख्या एक सय ३८ रहेको छ । गर्भपतन सेवा एक सय १० जना, औलो परीक्षण दुई सय १८ ले लिएका छन् । चालु आवको…

विस्तृतमा...