पर्सा- सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । संघीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शय्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिहीबारको मन्त्रिपरिषद्को बैठकले १५ शय्यायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जालबाट जानकारी दिएको छ । वर्षौंदेखिको प्रयास र जनताको माग पूरा हुन लागेको उल्लेख गर्दै उनले अस्पताल स्तरोन्नतिको निर्णयबाट पोखरियाका लागि मात्र नभएर मधेश प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् ।
स्वास्थ्य डायरी
काठमाडौँ- प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “पक्राउ परेका दाहालले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएपमार्फत आफु अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी ५० हजारदेखि रु दुई लाखसम्म रकम माग गर्ने गरेको सूचनाका…
बैतडी–स्वास्थ्य कार्यालय बैतडीले आफ्ना हरेक कार्यक्रमहरुमा योग कक्षा र योगाभ्यास सञ्चालन गर्न थालेको छ । स्वास्थ्य कार्यालयले आयोजना गर्ने हरेक तालिममा योग कक्षा साथै सहभागीहरुलाई योगाभ्यास गराउने नीति लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । पछिल्लो समयमा नसर्ने रोग र मानसिक समस्याहरु बढ्दै गएकाले यस्ता समस्याहरुको समाधानमा योग प्रभावकारी उपाय भएकाले योगाभ्यास र योग कक्षा सञ्चालन गर्ने गरिएको उनले बताए । पतञ्जली योग समिति शाखा कार्यालय बैतडीसंगको समन्वयमा स्वास्थ्यका हरेक कार्यक्रममा योग कक्षा र योगाभ्यास शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए । तालिम, समीक्षा तथा गोष्ठीमा सहभागीहरुलाई हरेक दिन योगाभ्यासमा सरीक गराउने र कक्षा समेत सञ्चालन…
गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । उनले भने, “कूल रु दुई करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।” नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम…
भक्तपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हिजाे भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गरेका छन् । अस्पतालले आयोजना गरेको कार्यक्रममा उनले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । उनले कान्ति बाल अस्पताल (काठमाडौँ), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा मङ्सिर १ गतेदेखि निःशुल्क रुपमा सुरु भएको जानकारी दिए । क्यान्सर भएका बालबालिकाले आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् र रोगको समयमै पहिचान गरी ज्यान बचाउन सकियोस् भन्ने उद्देश्यले उपचार सेवा निःशुल्क सुरु गरिएको उनले बताए । कर्मचारीदेखि जनप्रतिनिधिसम्म, सरकारीदेखि निजी…
काठमाडौं– फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै उक्त नियमका विषयमा जानकारी दिएको हो । फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याथ सहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिने छ सूचनामा भनिएको छ । फर्मासिस्टले हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर र फार्मेसी सहायले निलो पृष्ठभूमिमा सेतो…
बरहथवा (सर्लाही)- सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासि सुत्केरी बेथाले च्याप्यो । उनलाई श्रीमान् अरुण पासवानले हतारहतार गाउँमा रहेको बर्थिङ सेन्टर पु¥याए । बबिताको पहिलो बच्चा जन्मदै थियो । उनले सोही बर्थिङ सेन्टरमा नियमित गर्भ परीक्षणसमेत गराएको थियो । स्वास्थ्यकर्मीहरुको नियमित निगरानीमा बच्चा र आमा स्वस्थ रहेकाले बच्चा सामान्य ढङ्गले जन्मिन्छ भनेपछि बबिताका श्रीमान् अरुण पनि ढुक्क हुनुहुन्थ्यो । बबितालाई दुई घण्टामै परिवारले बर्थिङ सेन्टर पु¥याएका थिए । बर्थिङ सेन्टर पुगेको १० मिनेटपछिनै उनको बच्चा जन्मियो । सामान्य ढङ्गले बच्चा जन्मिए पनि बच्चा ठूलो भएकाले योनीमा चोट अर्थात ‘भजाइन् टियरिङ’ भयो । त्यसपछि…
काठमाडौं- साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले ५ दिनको म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलसँगै अदालतमा पेस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको उनीमाथि अभियोग छ ।
काठमाडौँ- नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा मेलम्ची, हेलम्बु, चौतारा साँगचोकगढीका सात हजार ९३८ बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिएको छ । उक्त संख्यामध्ये सातसय बढी बिद्यार्थीको इको गरिएकोमा ३४ जना छात्रछात्राको मुटुमा प्वाल परेको र १२ जना बिद्यार्थीलाई छिटो नै शल्यक्रिया गर्नुपर्ने परीक्षणमा प्रमाणित भएको आयोजक संस्थाका शाखा सभापति कमलचरण कक्षपतिले जानकारी दिनुभयो । मुटुमा प्वाल परेका बिद्यार्थीलाई तत्काल अप्रेशन गर्न आवश्यक नभए पनि डाक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने र तत्काल शल्यक्रिया गर्नुपर्ने १२ जना बिद्यार्थीलाई अभिभावक, बिद्यालयको समन्वय र अनुमतिमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय समिति, जिल्ला समिति लगायतका संस्थाले काठमाडौंस्थित…
नेपालगन्ज- भेरी अस्पताल नेपालगन्जमा हाइड्रोसेफलसबाट पीडित १५ महिने बालकको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । चिकित्सकीय भाषामा यसलाई भेन्ट्रिकुलोपरिटोनियल (भिपी) शंट शल्यक्रिया भनिन्छ । सल्यान वागचउर नगरपालिका –७ सानागाराकोटका १५ महिने कृष्ण परियार खेल्ने क्रममा दुई महिनाअघि घरको पेटीबाट लडेर घाइते भएका थिए । खाना खाने वित्तिकै वान्ता हुने र आँखा समेत नदेख्ने समस्या भएपछि सल्यानबाट थप उपचारका लागि परियारलाई नेपालगन्ज ल्याइएको थियो । सिटि स्क्यानमा मस्तिष्कमा पानी जमेको पाइएपछि भेरी अस्पतालको न्यूरो विभागको टिमले शल्यक्रियाको निष्कर्ष निकालेको थियो । सोही अनुसार कात्तिक –८ गते न्यूरोजर्सन डा. सुवोध गौतम नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो । मस्तिष्कको भेन्ट्रकल्सबाट मेरुदण्डसम्म पुग्नु पर्ने तरल…

