बुटवल- लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन् । नेपाल जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण–२०२२ को तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका २० प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्या तथा चार प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा ‘डिप्रेसन’ को समस्या रहेको छ । सोही सर्वेक्षणअनुसार नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११…
स्वास्थ्य डायरी
जुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् । बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ । प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०र७५ जना मात्रै स्थायी छन् । ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् । विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला…
भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल…
दाङ- जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन् । बबई–७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, राप्ती आँखा अस्पताल (रक्षाचौर), तुलसीपुरस्थित मेट्रो सिटी पोलिक्लिनिक, तुलसीपुर सिटी अस्पताल, मनकामना डेण्टल प्रालि, रौनियार पोलिक्लिनिक प्रालिको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट एक सय ७० बढीले सेवा लिएका हुन् । स्त्रीरोग विशेषज्ञ, फिजिसिएन, आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित स्थानीयस्तरमा सेवा पाएपछि यहाँका नागरिक उत्साहित भएका छन् ।
काठमाडौं- निजामती अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक रेडियोथेरापी लिनायक मेसिन सञ्चालनमा ल्याएको छ । मुख्यसचिव एकनारायण अर्यालले आइतबार एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरेका छन् । लिनायक मेसिन जडान भएसँगै क्यान्सरका बिरामीले केही राहत पाउने मुख्य सचिव अर्यालले बताए । उनले यो सेवालाई निरन्तर अगाडि बढाउन सुझाव समेत दिए । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधान निधि पौडेलले रेडियोथेरापी मेसिनबाट क्यान्सरका बिरामीलाई लाभ पुग्ने बताए। उनले पाँच वर्षदेखिको पर्यासपछि मेसिन जोड्न सफल भएको बताए । उनले क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउँदै थप मेसिन आवश्यक रहेको बताए । मेसिन जडान भएकाले क्यान्सरका बिरामीलाई विदेश जानुपर्ने वाध्यता केही हदसम्म रोकिने…
ललितपुर- ललितपुर महानगरपालिकाले चुनिखेल र नख्खु करिडोरका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वडा नम्बर २२ चुनिखेल, नख्खु करिडोरमा सुँगर/बङ्गुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको महानगरले जनाएको छ । गएको कात्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट सङ्क्रमण पुष्टि भएकोले राेग फैलिन नदिनका लागि उच्च सतर्कता अपनाउन किसान/व्यवसायीलाई महानगरको पशु सेवा शाखाले अनुरोध गरेको छ । फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर, फर्मालिन लगायतका निःसङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसङ्क्रमण गर्न र रोगको शङ्का लागेका…
म्याग्दी- अन्नपूर्ण गाउँपालिका- ३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण- ३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताए । चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको उनले बताए । दाना, नारच्याङ, भुरुङ-तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका थिए । शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी…
सुर्खेत- कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियु्क्त गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रूपमा कार्यरत ढकाललाई निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी एघारौँ तहमा कार्यरत छन् । सामाजिक विकास मन्त्रालयले भने निर्देशकका लागि उक्त अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । निर्देशकमा नियुक्त डा. ढकाल हाल नेपाल चिकित्सक संघ कर्णाली प्रदेश संयोजक छन् । बैठकले प्रदेशसचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, ईश्वरचन्द्र मरट्ठालाई भौतिक…
चितवन- नेपाल चिकित्सक सङ्घ (एनएमए) केन्द्रीय समितिको आयोजनामा चितवनको भरतपुरमा प्रथम एनएमए स्पोर्टस फेस्ट सुरु भएको छ । हिहो भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रतियोगिताको उद्घाटन गरेकी छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले चिकित्सकहरूले व्यस्त जीवनशैलीका बाबजुद पनि स्वस्थ बन्नका निम्ति खेलकुद अत्यावश्यकीय हो भन्ने कुरा महसुस गर्दै कार्यक्रम आयोजना गरिएकामा धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सङ्घ विसं २००७ मा स्थापित नेपालको पुरानो संस्था भएको चर्चा गर्दै चिकित्सकहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराएर नयाँ कामको थालनी गरेको बताए । पहिलो पटक यस्तो प्रकारको खेल कार्यक्रम आयोजना गरिएको बताउँदै अध्यक्ष डा कार्कीले…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई एक्स–रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । वडा नंं १० ले मध्यबानेश्वरमा स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट बिहीबारदेखि उक्त सेवा नागरिकलाई उपलब्ध गराइएको हो । वडाध्यक्ष रामकुमार केसीले नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए । “आकस्मिक अवस्था आइपरेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रेसम्मको सेवा दिन सक्छौँ । यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै जानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनैपरे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत…

