काठमाडौँ- निजी मेडिकल कलेजका सञ्चालकहरूले स्नातकोत्तर तहमा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने जनाएका छन् । पत्रकार भेटघाटमा उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका हुन् । चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीलाई अधिकृत सरहको सेवा सुविधा उपलब्ध गराउनका लागि निजी मेडिकल कलेजले स्नातकोत्तर तह पढाउनका लागि भर्नुपर्ने स्वमूल्याङ्कन फारम भर्नुपर्ने बताएको छ । एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले स्नातकोत्तर तहका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताए । उनले स्नातकोत्तर तहमा अध्ययन गर्ने…
स्वास्थ्य डायरी
दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस) को अध्यापन सुरु गर्ने भएपछि सेवा विस्तार गर्न लागेको हो । प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि चिकित्सक पठाउन लागेको हो । त्यहाँका नागरिकलाई सहज विशेषज्ञ सेवा प्रदान गर्नका लागि यस्तो कार्य गरिएको रजिष्ट्रार श्याम लम्सालले जानकारी दिए । स्वास्थ्य केन्द्रमा २४ सैँ घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ । एमविविएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी केन्द्रलाई ‘कम्युनिटी आउट रिच सेन्टर’कोरुपमा रहने गरी व्यवस्थापन गर्ने भएको हो । यसका लागि प्रतिष्ठान र रुन्टीगढ गाउँपालिकाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता…
वीरगञ्ज – ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्वपूर्ण उपकरण सञ्चालनमा नल्याइदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक निजी आपूर्ति कम्पनी मार्फत २०७६ चैत मा चार करोड ९२ लाख १० हजार मूल्य पर्ने क्याथ ल्याब मेसिन अस्पताललाई आपूर्ति गरेको थियो । तर अस्पताल प्रशासनले भने मेसिन राख्ने भवनको अभाव देखाउँदै हालसम्म पनि सो मेसिन जडान हुन सकेको छैन । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले सघन सहरी तथा भवन निर्माण कार्यालयले गत २०७८ सालदेखि क्याथ ल्याब राख्ने…
ढोरपाटन (बागलुङ)- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ । उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताए । विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उनको भनाइ छ । जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ । पुस महिना भरि पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द…
-डा नितिश बिक्रम देव अर्थोपेडिक्स मुख्यतया हड्डी, जोर्नी, मांसपेशी, टेन्डन, लिगामेन्ट, स्नायु, मेरुदण्डको स्तम्भ लगायतका अंगको शल्यक्रिया हो । भने, पेडियाट्रिक अर्थोपेडिक्स् बालबालिकाको विभिन्न अंगको शल्यक्रिया हो । पेडियाट्रिक अर्थोपेडिक्स् एक अर्थोपेडिक हो । जसमा बच्चा जन्मेदेखि १६ दिन १८ वर्षसम्मको व्यक्तिमा हुने सबै किसिमका अर्थोपेडिक समस्याको समाधान गरिन्छ । बच्चा जन्मिनुभन्दा पहिला हुने स्क्रिनिङ वा परामर्श दिन जन्मिएको बच्चामा हुने जुनसुकै समस्याको स्क्रिनिङ गर्ने वा परामर्श दिने तथा त्यसको उपचार तिर जाने गरिन्छ । यसमा १८ वर्षसम्मका बालबालिकाको हड्डिमा हुने चोटपटक, लिगामेन्ट च्यातिने, जोर्नीको संक्रमण, हड्डिमा हुने संक्रमण लगायतला विभिन्न समस्याहरुको समाधान गरिन्छ । जन्मजात हुने समस्याहरू जोर्नी खुस्केको,…
जलेश्वर (महोत्तरी)- जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको रु दुई करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ । चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोगविहीन छन् । चार वर्ष अघि कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभएपछि अस्पतालले रु दुई करोड ५० लाख बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले दक्ष जनशक्ति ९दरबन्दी० को अभावमा उपकरण प्रयोग गर्न नसकिएको बताए । उनले हाल अस्पतालमा…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरूको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयताअनुरूपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले संघीयताअनुरूप कर्मचारीको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री पौडेलले ऐन ल्याउनका लागि प्रक्रिया अघि बढाउने उद्देश्यका साथ मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेका थिए । हालसम्म अघि बढ्नै नसकेको नयाँ ऐन ल्याउने प्रक्रिया मन्त्री पौडेल नेतृत्वमा आए पछि अघि बढेको हो । हाल संघीयताअनुरूपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको…
काठमाडाैं- डा. आशिष दाहाल पाटन अस्पतालमा कार्यरत थिए । त्यो सँगै उनी केही निजी अस्पतालमा पनि काम गर्थे । उनको जीवन सहजै चलिरहेको थियो, तरको एउटा कुलतले उनलाई जेलखानासम्म पुर्या एको छ । उनलाई सट्टेबाजी गर्ने नराम्रो लत लागेको थियो । सोही कुलतका कारण उनले अनलाइन जुवामा ४० लाख रुपैयाँभन्दा बढी हारिसकेका थिए । त्यति ठुलो रकम जुवामा गुमाइसकेपछि उनले पैसा असुल्ने एउटा जुक्ति निकाले ‘एक्सट्रोसन’ को धन्दा अर्थात् ज्यान मार्ने धम्की दिएर पैसा असुली । जुवामा हारेको पैसा असुल गर्नकै लागि उनले धम्की र ठगीको बाटो रोजेका थिए । त्यसका लागि उनले सबैभन्दा पहिले क्लिनिकमा जागिर खुलेको भन्दै विज्ञापन गरे…
लुम्बिनी- लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् । प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताए । यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था…
काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल कलेज र सरकारी अस्पतालहरूलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि शुल्क पारदर्शी बनाउन मन्त्रालयले परिपत्र जारी गरेको हो । परिपत्रमा अस्पतालहरूले आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न र सेवाग्राहीले सहजै जानकारी पाउने व्यवस्था गर्न भनेको छ । शल्यक्रिया शुल्क, शैय्याको विवरण, रेडियोलोजी र ल्याब सेवा तथा अन्य सेवाका शुल्कसमेत स्पष्ट रूपमा सार्वजनिक गर्न निर्देशन दिइएको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा अनुगमन गरिने र शुल्क सार्वजनिक नगर्ने…

