डडेल्धुरा- डेंगु संक्रमणबाट डडेल्धुराका एकजनाको मृत्यु भएको छ । अजयमेरू गाउँपालिका –१ का कोटेलीका आन्दाजी ५२ वर्षीय राम सिंह खडकाको संक्रमबाट मृत्यु भएको हो । रोजगारीको शिलशिलामा भारतको बेङ्गोर भएका बेला उनलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले बताएको छ । त्यहाँबाट उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनका २ सन्तान रहेका छन् ।
स्वास्थ्य डायरी
पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उनको भनाइ छ । उनले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताए । मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग…
काठमाडौ- । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको जानकारी दिएका छन् । ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका उनलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । सिआइबीका अनुसार प्रसाईंलाई आज भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको…
कैलाली- सुदूरपश्चिममा एचआइभी संक्रमितलाई नागरिकता पाउन समेत सकस हुने गरेको पाइएको छ । अछामको बयलपाटा एआरटी सेन्टरमा रहेकी ३० वर्षीया हर्सना आउजी (नाम परिवर्तन) को नागरिकता नहुँदा सहजै सेवा पाउन समस्या भइरहेको छ। सङ्क्रमितहरूका लागि सरकारले निःशुल्क स्वास्थ्य बिमा गरेको छ । तर उनको नागरिकता नहुँदा राज्यबाट पाइने अधिकांश सेवाबाट वञ्चित हुनु परेको छ । एचआइभीबाटै उनका श्रीमानको मृत्यु भइसकेको छ भने उनकी एक छोरी पनि सङ्क्रमित छन् । यता सेती प्रादेशिक अस्पताल एआरटी सेन्टरमा रहेका चौधरी थरका ५० वर्षीय एक पुरुषले पनि नागरिकता पाउन सकेका छैनन । प्रतिलिपी लिन गएको सिफारिस दिएर पनि उनले नागरिकता प्राप्त गर्न सकेका छैनन्।…
बुटवल- लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन् । नेपाल जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण–२०२२ को तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका २० प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्या तथा चार प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा ‘डिप्रेसन’ को समस्या रहेको छ । सोही सर्वेक्षणअनुसार नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११…
जुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् । बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ । प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०र७५ जना मात्रै स्थायी छन् । ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् । विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला…
भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल…
दाङ- जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन् । बबई–७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, राप्ती आँखा अस्पताल (रक्षाचौर), तुलसीपुरस्थित मेट्रो सिटी पोलिक्लिनिक, तुलसीपुर सिटी अस्पताल, मनकामना डेण्टल प्रालि, रौनियार पोलिक्लिनिक प्रालिको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट एक सय ७० बढीले सेवा लिएका हुन् । स्त्रीरोग विशेषज्ञ, फिजिसिएन, आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित स्थानीयस्तरमा सेवा पाएपछि यहाँका नागरिक उत्साहित भएका छन् ।
काठमाडौं- निजामती अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक रेडियोथेरापी लिनायक मेसिन सञ्चालनमा ल्याएको छ । मुख्यसचिव एकनारायण अर्यालले आइतबार एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरेका छन् । लिनायक मेसिन जडान भएसँगै क्यान्सरका बिरामीले केही राहत पाउने मुख्य सचिव अर्यालले बताए । उनले यो सेवालाई निरन्तर अगाडि बढाउन सुझाव समेत दिए । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधान निधि पौडेलले रेडियोथेरापी मेसिनबाट क्यान्सरका बिरामीलाई लाभ पुग्ने बताए। उनले पाँच वर्षदेखिको पर्यासपछि मेसिन जोड्न सफल भएको बताए । उनले क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउँदै थप मेसिन आवश्यक रहेको बताए । मेसिन जडान भएकाले क्यान्सरका बिरामीलाई विदेश जानुपर्ने वाध्यता केही हदसम्म रोकिने…
ललितपुर- ललितपुर महानगरपालिकाले चुनिखेल र नख्खु करिडोरका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वडा नम्बर २२ चुनिखेल, नख्खु करिडोरमा सुँगर/बङ्गुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको महानगरले जनाएको छ । गएको कात्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट सङ्क्रमण पुष्टि भएकोले राेग फैलिन नदिनका लागि उच्च सतर्कता अपनाउन किसान/व्यवसायीलाई महानगरको पशु सेवा शाखाले अनुरोध गरेको छ । फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर, फर्मालिन लगायतका निःसङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसङ्क्रमण गर्न र रोगको शङ्का लागेका…

