स्वास्थ्य डायरी

काठमाडौँ- ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले…

विस्तृतमा...

काठमाडौं- बझाङको केदास्यूँ गाउँपालिका– १, डुडिलकी ३१ वर्षीया खिनाबोहरालाई चिकित्सकले सुत्केरी हुनका लागि २४ माघको मिति दिएका थिए । त्यो समय आउन एक महिना तीन दिन बाँकी थियो। खिना आइतबारदेखि नै परिवारका सदस्यलाई कम्मर दुख्यो भन्दै थिइन् । आइतबार रातिदेखि व्यथा लागेपछि सोमबार बिहान ३ बजे घरमा रहेका सासू, ससुरा, नन्द, फूपू र गाउँकै महिलाहरूले स्वास्थ्य चौकी लैजान हिँडाए । रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा झण्डै ६ किलोमिटर टाढा थियो । तर बाटोमै बिहान ५ बजे खिनाले बच्चालाई बाटोमै जन्म दिइन् । वडा सदस्य पदमप्रसाद भट्टका अनुसार जयपृथ्वी राजमार्ग पुग्न १५ मिनटको दूरीमा खिनाले शिशुलाई जन्म दिएकी थिइन् । ‘बाटोमै…

विस्तृतमा...

काठमाडौं- चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा सुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले आवासीय चिकित्सकहरूको श्रमशोषण भइरहेको निष्कर्ष निकालेको छ । समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा रहेका आवासीय तथा इन्टर्न चिकित्सकले लगातार ४० घण्टासम्म काम गर्नुपर्ने, २४ घण्टे ड्युटी महिनाको १५ वटासम्म लगाउने गरेको पाइएको उल्लेख छ । ‘आवासकीय चिकित्सकको हकमा नेपाल मेडिकल काउन्सिलको निर्देशिका २०१७ र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधिजस्तै साताको अधिकतम दुईवटा २४ घन्टे डुयुटी मात्र गराउन मिल्ने र एकपटकमा २४ घन्टाभन्दा लामो ड्युटी लगाउन नपाइने…

विस्तृतमा...

बाजुरा- भीरबाट लडेर गम्भीर घाइते भएकै अवस्थामा घटमुना अस्पताल पुर्‍याइएकी विष्णुमाया रोकायाको उपचार अभावमा ज्यान गएको छ । टाउको र छातीमा देखिएको गम्भीर चोट र धेरै रगत बगेकाले अचेत अवस्थामा रोकायालाई स्थानीय महिलाहरुले अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले बाहिर लान सुझावसहित रिफर गरिदिएका थिए । तर आफन्तले आर्थिक अभावको कारण देखाएर सकेको उपचार गर्न आग्रह गरे । स्वास्थ्यकर्मीले जोखिम मोल्न नसक्ने जानकारी दिँदा पनि आफन्तले नमानेपछि उपचार जारी राखे । अन्तत: उपचारका लागि भर्ना भएको तीन दिनपछि विष्णुमायाको अस्पतालको शय्यामै मृत्यु भएको छ । गौमुल गाउँपालिका-५ कोटकी १६ वर्षीया विष्णुमाया दाउरा लिन जंगल गएकी थिइन् । विद्यालय जानुअघि…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभए सम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ । विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा कुनै पनि स्वास्थ्य केन्द्रको आकस्म्कि कक्षमा बिना कुनै सोधखोज अनिवार्य जीवन रक्षको उपचार तत्काल सुरु गर्नुपर्ने र सम्भव…

विस्तृतमा...

काठमाडौं– जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्त्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरूको सुझाव छ । पोषणविद्का अनुसार जाडोमा शरीर न्यानो राख्न कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनिरल्स सबैको सन्तुलित मात्रामा भोजन गर्नुपर्छ । पोषणविद् डा.मनषा थापा ठकुराठीले भनिन्, ‘विभिन्न मसालाजस्तै अदुवा, लसुन, बेसार, मरिच, जुवानोले शरीर तातो राख्न मद्दत गर्छन् । पोषणविज्ञानले चिसो र तातो खाना छुट्याएको छ । कुन खाना खाँदा तातो प्रभाव दिन्छ, सोही खानेकुरा सेवन गर्नुपर्छ ।’ उनले जाडोमा कोदो तथा फापरको रोटी,…

विस्तृतमा...

झापा- जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताए । “समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित…

विस्तृतमा...

काठमाडौं- लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टरले नुवाकोटमा रहेको शान्तिदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लबका भूतपूर्व अध्यक्ष बालरोग विशेषज्ञ डाक्टर महेश कुमार गौतमको सम्झनामा विद्यार्थीलाई स्टेशनरी तथा झोला वितरण गरिएको हो । ‘ज्ञानको उपहार’ नारा दिइएको उक्त कार्यक्रम विद्यार्थीलाई नियमित विद्यालय जान प्रोत्साहन गर्नका लागि आयोजना गरिएको क्लबकी अध्यक्ष डा. एलिना कार्कीले बताइन् । उनका अनुसार सोही अवसरमा विद्यालयका भित्तामा प्रेरणादायी पेन्टिङमा पनि गरिएको थियो । क्लबका चार्टर अध्यक्ष तथा ‘डिस्ट्रिक ३२५ जी’का क्लस्टर ३ अध्यक्ष डा. तेजसु सिंह मल्लका अनुसार विद्यार्थीहरुको आँखा चेकजाँच पनि गरिएको थियो । त्यस्तै एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृति पनि प्रदान गरिएको…

विस्तृतमा...

घोडाघोडी- ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ बङ्गुर मरेका छन् । घोडाघोडी– ९ का कृषक प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् । घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिए । उनका अनुसार यही पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको थियो । ‘थप पुष्टि गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा समेत पठाएका थियौँ । त्यहाँ पिसिआरद्वारा परीक्षण गर्दा सोही रोग नै भएको पुष्टि भएको छ’, आचार्यले भने । यस रोगले हालसम्म चौधरीको फार्ममा ३२ पाठापाठी, पाँच माउ बङ्गुर र…

विस्तृतमा...

चितवन- बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो । पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा. भोजराज अधिकारीले अस्पताल दर्ता नवीकरण नहुँदा उपकरण खरिदमा भन्सार छुट र मूल्य अभिबृद्धि कर (भ्याट) छुट सुविधाबाट बञ्चित हुनु परेको बताए । ‘एक वर्षदेखि भन्सारमा रोकिएको सिटी स्क्यान मेसिनमा छुट बिना नै ल्याउनु पर्‍यो’, उनले भने, ‘लिलाम हुने अवस्था आएपछि करिब रु ६० लाखभन्दा बढी खर्चेर उपकरण ल्याउन बाध्य भइयो ।’ भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका डा. अधिकारीले अस्पताल…

विस्तृतमा...