स्वास्थ्य डायरी

दमौली- तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । यहाँ भएका सङ्क्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए । सामाजिक लाञ्छना र तिरस्कारको भयका कारण कतिपय सङ्क्रमित…

विस्तृतमा...

काठमाडौंँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । उनका अनुसार गाभीले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि उक्त एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १०…

विस्तृतमा...

काठमाडाैं- हरेक वर्षझै काठमाडौंमा रहेको नेशनल बाथरोग सेन्टरले योपटक पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको छ । यसपटक बद्री–तिर्थ अर्थाराइटिस समाज र नेशनल बायरोग सेन्टरको संयुक्त आयोजनामा जागरण अभियान गरिरहेको सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले बताए । उनका अनुसार यो वर्ष बाथरोग सम्बन्धी जनचेतना फैलाउने अभियान अन्तर्गत फोटो प्रर्दशनी, रोग पहिचान गर्न निःशुल्क रगत परीक्षण एवं परामर्शका साथै कुटुम्बसँग सहकार्य गर्दै ‘स्वस्थ जीवनका लागि सुमधुर संगित’ भन्ने मूल नाराका साथ टोलटोलमा सांगितिक कार्यक्रम गरिने भएको छ । यस्तै आज अध्ययन तथा अनुसन्धानका क्षेत्रमा पुर्याएको योगदानलाई मुल्याङकन गर्दै स्वर्गिय तिर्थानन्द वैद्यको स्मृतिमा ‘तिर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गएिको जानकारी…

विस्तृतमा...

कैलाली– कैलालीका ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो । यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने कार्यपातालिका रहेको छ । हरेक विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कार्यालयका अनुसार कैलालीका ७५५ विद्यालयमै पुगेर किशोरीलाई खोप लगाइनेछ । स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरि खोप अभियान चलाउने छ । खोप अभियान अन्तर्गत जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले…

विस्तृतमा...

जेनेभा,-। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका कारण आठ जनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’ रहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले तान्जानियाको कागेरा क्षेत्रमा ‘शङ्कास्पद ‘मारबर्ग भाइरस डिजिज (एमभीडी)’ को प्रकोप देखिएको जानकारी सोमबार आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जाल एक्समा भनेका छन्,“अहिलेसम्म नौ जनामा सङ्क्रमण देखिएको हामीलाई जानकारी प्राप्त भएको छ, जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ । रोगलाई फैलिन नदिन सावधानी अपनाइएको छ यद्यपि, आगामी दिनमा अझै केही थप सङ्क्रमितहरू फेला पर्न सक्ने सम्भावना छ…

विस्तृतमा...

बैतडी- बैतडीमा घाँस काट्ने क्रममा एक जनाको लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–८ जमाडीकि सीता विष्टको भीरबाट लडेर मृत्यु भएको हो ।  महिला स्वास्थ्य स्वयमसेविका समेत रहेकी उनी पुस १९ गते घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी थिइन् । उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि धनगढी लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।

विस्तृतमा...

बैतडी – बैतडीमा यस्तो पनि एउटा स्वास्थ्य चौकी छ, जहाँ पानीको धारा र बिजुलीबत्ती नै छैन । जहाँ दुई कोठाको टिनको छाना भएको भुइँतलामुनि स्वास्थ्यकर्मीले विगत ७ वर्षदेखि टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएका छन् । पानी नहुँदा स्वास्थ्यकर्मी आफैले जर्किनमा पानी बोकेर लग्ने गरेका छन् । यो अवस्था सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य चौकीमा छ । स्थानीय तहको पुनर्संरचनापछि जङ्गलमा निर्माण भएको यो आधारभूत स्वास्थ्य चौकी वरिपरि बस्ती नहुँदा दिउँसै पनि डर लाग्ने गरेको अनमी सबिना कार्कीले बताइन् । भोजपुर घर भएकी सबिनाले सुदूरपश्चिमको बैतडी जस्तो दुर्गममा बसेर स्वास्थ्य सेवा गर्ने आफ्नो रहर करमा बदलिएको बताइन् । ‘स्वास्थ्य चौकीमा…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संसोधन प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकामा स्वीकृत भइ कानून संसोधन भएको हो । संसोधित ऐनको व्यवस्थाअनुसार यसअघि बीमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । ऐन संसोधनको प्रष्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम सेवा विन्दु भन्नाले…

विस्तृतमा...

भक्तपुर- जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए । भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकाका चार हजार एक सय ६२, भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२, मध्यपुरथिमि नगरपालिकाका चार हजार दुई सय तीन र चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ किशोरीलाई एचपिभी खोप लगाइने उनले जानकारी दिए । उनका अनुसार…

विस्तृतमा...

गण्डकी– पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि प्रारम्भिक तयारी थालेका हुन् । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यक भएको बताए । ‘गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ, जुन अत्यन्त दुःखद् छ’, उनले भने, ‘रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्नेगरी मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि तयारी अगाडि बढाइएको हो ।’ पोखराको सिर्जनाचोकमा रहेको जिल्ला समन्वय समितिको जग्गामा उक्त केन्द्र निर्माण…

विस्तृतमा...