काठमाडौं- पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना…
स्वास्थ्य डायरी
काठमाडौं– जनस्वास्थ्य कार्यालय काठमाडौंले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री-वितरण नगर्न निर्देशन दिएको छ । कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री-वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिएको जानकारी दिइन् । आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधी क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने अधिकृत खनालले बताइन् । ‘विभिन्न औषधि पसल तथा अन्य…
काठमाडौं – काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितिको सुझावसहितको प्रतिवेदन आजको ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा आज सिंहदरबारमा भएको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको हो । प्रतिवेदनअनुसार तीन महिनाभित्र नयाँ सम्झौता तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा विश्वविद्यालयबाट प्रा.डा.ऋषिकेश वाग्ले र प्रा. डा.मनोज हुमागाईँ तथा अस्पतालका तर्फबाट डा.विराजमान कर्माचार्य…
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । समयमा पक्षघातको उपचार नहुँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सयजनाले ज्यान गुमाउँदै आएका छन् । यस्तो अवस्थामा अमेरिकी सरकारको सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ । ‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुन्छ। एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८…
एजेन्सी- भारतका एक चिकित्कसले ३२ किलोमिटर टाढा रहेका बिरामीको शल्यक्रिया गरेका छन् । अन्तर्राष्ट्रिय रुपम चर्चित हृदयरोग विशेषज्ञ डा तेजस पटेलले भारतको गान्धीनगरमास्थित अक्षरधाम मन्दिरबाट ३२ किम टाढा रहेको एपेक्स अस्पतालमा रहेकी एक महिला बिरामीको शल्यक्रिया गरेका हुन् । उनले संसारकै पहिलो टेलिरोबोटिक कार्डियोभास्कुलर स्टेन्ट शल्यक्रिया गरि इतिहास रचेका हुन् । बढ्दै गएको प्रविधिको मद्दतले उनले संसारकै पहिलो मानव टेलिरोबोटिक कोरोनरी इन्टरभेन्सन मार्फत् महिला बिरामीमा शल्यक्रिया गरेका हुन् । डा पटेलले केही दिन पहिले उक्त महिलालाई हृदयघात भएपछि अवरोध हटाउने शल्यक्रिया गरेका थिए । बुधवार उनलाई पुनः अर्को अवरोध देखिएको थियो । यसै क्रममा डा पटेलले गान्धीनगरस्थित अक्षरधाम मन्दिरबाट एपेक्स…
सुनसरी- धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । बिहिबार बसेको धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो । उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिएका छन् । कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए । नगरप्रमुख राईले भने, ‘बजार क्षेत्रमा जथाभावी सुर्तीजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिने हुँदा फोहर बढ्नुका साथै…
काठमाडौं – नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र इजीहेल्थकेयरबीच स्वास्थ्य सेवा क्षेत्रमा नयाँ सहकार्यको शुरुवात गर्दै सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। यस सहकार्यबाट अब नेपाल क्यान्सर अस्पतालका बिरामीहरूले उच्चस्तरीय स्वास्थ्य सेवाका साथै किफायती तथा सहज यातायात सेवाको समेत लाभ उठाउन सक्ने बताइएको छ । इजीहेल्थकेयरमार्फत उपलब्ध गराइने यातायात सेवामा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको लोगो पनि रहने बताइएको छ । जसले सेवाग्राहीहरूको पहिचान र सहायतामा थप सहजता ल्याउने विश्वास गरिएको छ । दुवैबीचको सहकार्यले विशेषगरी बिरामीहरूको आवश्यकता र सुविधा पूरा गर्दै उनीहरूको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सात वटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । उनका अनुसार गाभीले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि उक्त एचपीभी खोप निःशुल्क उपलब्ध गराएको हो । सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका…
पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुगेका प्रधानमन्त्री ओलीले १७ करोड लागतमा बनेका भवनको आजै उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षणसमेत गरेका थिए ।
दार्चुला- अपीहिमाल गाउँपालिका–१ स्थित सिति स्वास्थ्य केन्द्रमा सुत्केरी व्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । सोही वडास्थित आरुखोर टोलकी २५ वर्षीया द्रोपति जागरीको मंगलबार राति मृत्यु भएको हो । घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको समेत मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले जानकारी दिए ।द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन् । स्वास्थ्यचौकी पुर्याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएको उनले बताए । स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीको भनाइ छ । अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल…

