काठमाडौं – नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र इजीहेल्थकेयरबीच स्वास्थ्य सेवा क्षेत्रमा नयाँ सहकार्यको शुरुवात गर्दै सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
यस सहकार्यबाट अब नेपाल क्यान्सर अस्पतालका बिरामीहरूले उच्चस्तरीय स्वास्थ्य सेवाका साथै किफायती तथा सहज यातायात सेवाको समेत लाभ उठाउन सक्ने बताइएको छ । इजीहेल्थकेयरमार्फत उपलब्ध गराइने यातायात सेवामा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको लोगो पनि रहने बताइएको छ । जसले सेवाग्राहीहरूको पहिचान र सहायतामा थप सहजता ल्याउने विश्वास गरिएको छ ।
दुवैबीचको सहकार्यले विशेषगरी बिरामीहरूको आवश्यकता र सुविधा पूरा गर्दै उनीहरूको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
