काठमाडाैं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर उपचार सेवाको दायरा विस्तार गर्दै कैलालीको धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याएको छ । क्यान्सर रोगीहरूको उचित हेरचाह सुनिश्चित गर्न र क्यान्सर उपचार सेवाको पहुँचलाई देशव्यापी बनाउनका लागि माघ १ गते क्लिनिक सञ्चालनमा ल्याइएको हो । धनगढी र आसपासका क्षेत्रमा बसोबास गर्ने क्यान्सरका बिरामीहरूले अब उपचार र डाक्टरहरूको परामर्शका लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेको बताइएको छ । उनीहरुले अब धनगढीमै सहज सेवा प्राप्त गर्न सक्नेछन् । धनगढी उपमहानगरपालिका–१ हस्पिटल लाइनमा अवस्थित सो क्लिनिकले परामर्श, उपचार र फलोअप सेवाहरू प्रदान गर्ने बताइएको छ ।
स्वास्थ्य डायरी
महेन्द्रनगर – वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा.रामनरेश पण्डितलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा नियुक्त गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.अङ्कुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पण्डितलाई उक्त पदमा नियुक्त गरेका हुन् । चिकित्साशास्त्रमा २३ वर्ष बिताएका पण्डित वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा परिचित छन् । उनले आजै पदभार ग्रहण गरेका छन् । । यसअघि प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशकको जिम्मेवारी सम्हालिसकेका उनको कार्यकाल पाँच वर्षको रहनेछ । प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्ष पद रिक्त रहेको थियो । पण्डितको नियुक्तिपछि अब प्रतिष्ठानको शैक्षिक कार्यमा सुधारको अपेक्षा गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै…
डोटी- डोटीमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका( १ टाँग गाउँमा विवाह भोज खाएका ९० जना बिरामी परेका हुन् । आदर्श गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काका अनुसार शुक्रवार स्थानीय नरबहादुर विकको छोरीको विवाहको भोज खाएका माइती पक्ष ९बर्याती० मा स्वास्थ्य समस्या देखा परेको हो । भोज खाएकाहरूमा ज्वरो आउने, वान्ता हुने, रिगंठा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको उनको भनाइ छ। बिरामी ३० जनाको शनिवार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको उनले बताए । बिरामीहरूको उपचारमा गाउँपालिकाका एमबीबीएस डाक्टर सहित १३ जनाको टोली परिचालन गरिएको छ। बिरामीहरूमा…
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्। उक्त कार्यदलको प्रतिवेदन र सुझावबारे आइतबार प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताए । उनले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुने गरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भनेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य, सदस्यहरू डा भगवान् कोइराला, डा रघुराम काफ्ले र सदस्यसचिव डा सरोज…
काठमाडाैं- सर्लाही सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालको डिजिटल बोर्ड ह्याक भएको छ । हिजाे बिहान अस्तालमा रहेको डिजिटल बोर्डमा ‘System Phar Denge (elvis bhai)’ लेखिएको थियाे । त्यसपछि प्रादेशिक अस्पताल मलंगवाका डिजिटल बोर्ड बन्द गरेको थियाे । यसबारे थपा अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ । पछिलो पटक डिजिटल बोर्ड ह्याक सजिलै हुने गरेको घटना बढदो क्रममा छ । यसअघि कैलालीमा प्रहरी कार्यालयकै डिजिटल बाेर्ड ह्याकभ भएकाे थियाे ।
-डा. अरूणा उप्रेती ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ यो वाक्य अस्पताल, हेल्थपोस्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ । हातमा ठूला राम्रा टनिकका सिसी लिएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई खुवाउने प्रचलन अहिले गाउँशहर सबै ठाउँमा बढ्दो छ । पहिले सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । तर, अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग खुवाइन्छ । त्यसैगरी, बढी भिटामिन ख्वाउनुपर्छ भनेर मानिसहरू जताततै भिटामिनको खोजीमा छन् । कतिचोटि ग्राहक आफैँ औषधि पसलमा गएर भन्छन्, ‘मलाई…
चिसो मौसममा नाक बग्ने र घाँटी खस्खसाउने वा खोकी लाग्ने समस्याले मानिसलाई सताउने गर्छ । घाँटी खस्खसाउने समस्या उत्पन्न हुनुमा ब्याक्टेरिया वा भाइरसको सङ्क्रमण हुन सक्छ । ब्याक्टेरियाको सङ्क्रमण भएमा रुघा लाग्दैन भने भाइरसले गर्दा रुघा लाग्छ र नाक बग्छ । भाइरसको सङ्क्रमण हो भने एन्टिबायोटिक्सले काम गर्दैन । भाइरसको सङ्क्रमणले घाँटी खस्खसाएमा विभिन्न प्राकृतिक उपाय अपनाएर उपचार गर्न सकिन्छ । नुनपानीले गार्गल गर्नु नुनपानीले गार्गल गर्ने परम्परा शताब्दीयौँदेखि चल्दै आएको छ । यसले काम गर्छ । मनतातो पानीले गार्गल गरेमा झनै राम्रो । विभिन्न खालको चियाले घाँटी खस्खसाउने समस्या हटाउन मद्दत पुग्छ । अदुवा, कागती र दालचिनी हालेर बनाइएको चिया दुई–तीन कप पिउने गरेमा…
सिमकोट- जिल्ला अस्पताल हुम्लामा सुत्केरी व्यथा लागेर जटिल अवस्थामा रहेकी २२ वर्षीया आशा परियारको सफल शल्यक्रिया गरिएको छ । सीमित स्रोतसाधनका बीच पनि उहाँको सफल शल्याक्रिया भएको हो । सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गत पुस २९ गते जिल्ला अस्पताल आउनुभएकामा स्रोतसाधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका एमडिजिबी डा हेमविक्रम शाहीले बताए । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी उनको आर्थिक अवस्था कमजोर हुनु, रगत अभाव, अस्पतालमा विशेषज्ञ चिकित्सक हुनुलगायत समस्या थियो । शल्यक्रियाका लागि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत वा अन्यत्र लैजानुपर्ने समस्या रहेको बताउँदै डा.शाहीले आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्ने भएपछि जिल्ला अस्पतालमा सीमित स्रोतसाधनको उपयोग…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् । काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हिजाे आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका हुन् । “महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ”, स्वास्थ्यमन्त्री पौडेलले भने । उनले पाँचवटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए । सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले जानकारी…
काठमाडौं- गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् । ललितपुर महानगरपालिका–१६ तथा पतञ्जली योग समिति बागमती प्रदेशको संयुक्तरूपमा आयोजना आज मङ्गलबजारमा सुरु भएको योग उत्सव समारोहमा डा यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने जानकारी दिए । “ऐतिहासिक पाटनमा भएको योग साधनाको कार्यक्रम महत्त्वपूर्ण छ, पाटनको आफ्नै महत्त्व गरिमा पनि छ”, डा यादवले भने, “विसं २०४६ र विसं २०६२/६२ को परिवर्तनमा अगुवाइ गरेको पाटन ओझेलमा परेको छ, योग साधनको माध्यमबाट समाजलाई रूपान्तरण गर्न यो ठाउँले उत्कृष्ट कार्यहरू गर्न सक्नुपर्छ ।” डा यादवले…

