काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरूसँग सहकार्य प्रस्ताव गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरुसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरूसँगको बैठकका क्रममा मन्त्री पौडेलले सरकारी अस्पतालमा पालो कुर्न पर्ने अवस्थामा सुरक्षा निकायका अस्पतालमा अपरेसन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्य गर्न प्रस्ताव गरे । ‘संघीय अस्पतालहरूमा सिफ्ट थप्ने तथा अतिरिक्त समयमा पनि काम गरेर बिरामीको चाप व्यवस्थापनमा काम भइरहेको छ, मन्त्री पौडेलले भने, सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा रेफर गरेर कसरी उपचार दिन सकिन्छ, साथ दिनुहोला ।’ मन्त्री पौडेलले आम नागरिकका लागि खुला…
स्वास्थ्य डायरी
काठमाडौं- अफ्रिकामा एक व्यक्ति ५५ वर्षसम्म गुप्तबास बसेको घटना बाहिरिएको छ । महिलासँग कुनै पनि खालको सम्पर्क नहोस् भनी उनी गुप्तबास बसेका थिए । उनले ७१ वर्षमा बाह्य संसार देखे । महिलासँग डराएर ती व्यक्ति १६ वर्षको उमेरदेखि नै १५ फिट अग्लो बारले छेकिएको घरमा लुकेर बसेका थिए । वास्तवमा उनी गाइनेफोबिया रोगीबाट पीडित थिए । गाइनेफोबिया महिलासँग डराउने रोग हो । गाइनेफोबिया भएको व्यक्तिले महिलाको वरिपरि वा उनीहरूको बारेमा सोच्दा तर्कहीन डर अनुभव गर्न सक्छ । गाइनेफोबिया मानसिक वा शारीरिक दुर्व्यवहार, उपेक्षा, बलात्कार, शारीरिक आक्रमण वा यौन उत्पीडन, महिलाहरुसँग विगतका खराब अनुभवहरुका कारण हुनसक्छ ।
धनुषा- मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुघनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ । जनकपुरको रामानन्द चोकमा खानेपानी डिभिजन कार्यालयको गाडी र स्वास्थ्य मन्त्री सिंह सवार गाडी ठोक्किँदा दुर्घटना भएको हो । गाडीको ठक्करबाट स्वास्थ्य मन्त्री सिंहसहित तीन जना घाइते भएको जनकपुर प्रहरीले जनाएको छ । स्वास्थ्य मन्त्री सिंहको छाती र पिठ्युँमा चोट लागेको जनकपुर प्रहरी प्रवक्ता वरुण सिंहले जनाए । तर अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । घाइते मन्त्रीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई जना घाइतेको पनि प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मधेस प्रदेशको ०२–००१ झ ०१६५ नम्बरको स्वास्थ्य मन्त्री…
वीरगञ्ज- पर्सामा रहेका अस्पताल तथा स्वास्थ संस्थाको शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला एवम् सुरक्षा निकायको उपस्थितीमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो । बैठकले सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवा थप सरल,पारदर्शी बनाउने, सरकारबाट स्वीकृत मापदण्ड तथा नीतिहरुको पूर्ण परिपालना गर्ने/गराउने,अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप प्रभावकारी बनाउने, अनुगमनको क्रममा विषयविज्ञ तथा नेपाल चिकित्सक संघको समेत प्रतिनिधि सहितको टोली परिचालन गर्ने निर्णय भएको छ । यस्तै, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले सेवा, सुविधा, पारिश्रमिक लगायतका विषयमा चासो…
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ । स्वास्थ्य बिमा बोर्डले लागू गरेको बिमामा सुविधाथैली खारेज गरेपछि यो सुचारु भएको अस्पतालका निर्देशक डा. घनश्याम गुरुङले बताएका छन् । गत भदौदेखि बोर्डले लागु गरेको प्याकेजमा सेवा र सामग्रीको मूल्य अमिल्दो भएपछि अस्पतालले कार्यान्वयन गरेको थिएन । टिचिङमा गत पाँच महिनादेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको थियो । बोर्डका निमित्त कार्यकारी सदस्य डा. सरोज शर्माले सुविधाथैली खारेज गरी प्रत्येक सेवा र सामग्रीको मूल्यअनुसार बिरामीको भुक्तानी दिने निर्णय गरेको छ । गत भदौदेखि बोर्डले सबै अस्पतालको हकमा लागु गरेको यो सेवा टिचिङ अस्पताल महाराजगन्ज र…
वासिङटन डिसी- अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् । यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, ‘ओहो, यो ठूलो निर्णय हो । अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि अनुचित मूल्य चुकाएको छ ।’ ट्रम्पले डब्ल्यूएचओमा अमेरिका फर्कियोस् भन्ने चाहेकोले यसबारेमा पछि फेरि सोच्न सकिने उल्लेख गरे । विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
नयाँ दिल्ली- पश्चिम बंगालको राजधानी कोलकाताको गएको वर्ष अगष्ट महिनामा एक अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । सोमबार कोलकाताको सियालदह अदालतले आरजी कार अस्पतालकी प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्याको मुद्दामा दोषी संजय रोयलाई आजीवन कारावासको सजाय सुनाएको हो । सीबीआईले यस मामिलालाई दुर्लभ घटना भन्दै दोषीलाई फाँसी दिनुपर्ने माग गरेको थियो । दोषीलाई अधिकतम सजाय दिनुपर्ने उनीहरूको तर्क थियो । आफ्नो फैसला पढ्दै गर्दा न्यायाधीशले यो दुर्लभमध्ये दुर्लभ घटना नभएको भन्दै दोषी रोयलाई आजीवन कारावासको सजाय सुनाएका थिए । अदालतमा दोषी ठहर भइसकेका रोयले फेरि पनि न्यायाधीश समक्ष बिन्ती गर्दै आफूलाई…
जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकूल मानिँदैन । वाह्य चिसोको कारण नसाहरू खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । केएमसी हस्पिटलका मुटुरोग विशेषज्ञ डा.आदत्य महासेठले पनि संसारमा सबैभन्दा धेरैं हुने रोग भनेको हृदयघात भएकाले समयमै चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् । खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको उनले…
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घरोगको औषधिसम्बन्धी लगत सङ्कलन गरिरहेको छ । कामपामा रहेका ज्येष्ठ नागरिकहरूलाई कस्तो किसिमको रोग लागेको छ र उनीहरूलाई कस्तो औषधि दिन सकिन्छ भन्ने जानकारी लिनका लागि लगत संकलन गरिरहेको कामपा स्वास्थ्य विभागको भनाइ छ । उनीहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत संकलन गरिरहेको कमपा स्वास्थ्य विभागले जानकारी दिएको छ । कामपामा रहेको ३२ वटै वडाको विवरण प्राप्त भएपछि उनीहरूको स्वास्थ्य प्रवद्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ, विभागका प्रमुख दीपक केसीले जानकारी दिए । प्रमुख केसीका अनुसार कामपाकै पञ्जीकरण…
काठमाडौँ- भारतीय योग गुरु तथा पतञ्जलि योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो ।

