

अर्थोडोन्टिक्स भनेको बाङ्गोटिङ्गो दाँतको उपचार गर्ने दन्त चिकित्साकाे विशेष विधा हो । यो विधा अन्तर्गत बाङ्गोटिङ्गो दाँतकाेउपचार हुनुकाे साथै मुख र अनुहारकाे हड्डीकाे समस्याकाे उपचार तथा राेकथाम पनि गरीन्छ। यसमा जन्मजात ओठ चिरिएका, तालुु खुडें भएका र अन्य विकार भएकाको पनि उपचार गरिन्छ । बाङ्गोटिङ्गो दांतले विभिन्न प्रकारका समस्या निम्त्याउने गर्छ ।
त्रिवि शिक्षण अस्पताल र डेन्टल भिल्लामा कार्यरत अर्थोडोन्टिक्स कन्सल्टेन्ट डाक्टर (ब्रेसेज बिशेषज्ञ) डा. सञ्जय प्रसाद गुप्ता, अर्थोडोन्टिक्समा एक अब्बल अर्थोडोन्टिक्स बिशेषज्ञकाे रूपमा चिनिन्छन् र विगत एक दशकभन्दा बढिसमयदेखि स्वदेशमै सेवा दिइरहेका छन् । डा. गुप्ताले स्नातककाेत्तर (एम. डि. एस- अर्थोडोन्टिक्स) टिचिगंबाटै पहिलाे ब्याचकाे रूपमा पढेको र थप ट्रेनिंग हिराेसिमा युनिभर्सिटि जापान, भारत र टुइड फाउन्डेसन अमेरीकाबाट लिएका हुन् ।
उनका अनुसार अर्थोडोन्टिक्स उपचार बिरामीलाई चाहिएको छ की छैन भनेर विभिन्न रेकर्ड जाँच गरेर मात्रै सुरु गरिन्छ । ‘त्यसपछि हामी योजना बनाएर उपचार थाल्छौं । त्यसमा दाँत निकाल्ने कि ननिकाल्ने भनेर योजना बन्छ ।
अर्थोडोन्टिक उपचार २ प्रकारका हुन्छन्, एउटा निकालेर राख्ने अर्को फिक्स्ड’ उनले भने, ‘अर्थोडोन्टिक दन्त चिकित्साको विशेष विधा हो, जहाँ विशेषज्ञ चिकित्सकले मात्रै उपचार गर्छन् । अर्थोडोन्टिक्स उपचारमा मुख्यतया बाङ्गोटिङ्गो दाँतलाई मिलाइन्छ साथै मुख र अनुहारकाे हड्डीकाे समस्याकाे उपचार तथा राेकथाम पनि गरीन्छ।’
बढ्ने उमेरका बालबालिका (८-११ वर्ष) मा तल वा माथिको जवडाकाे समस्या छ भने एप्लाइन्सहरूको प्रयोग गरि ग्रोथ मोड्युलेसन पद्घतिबाट समाधान गरिन्छ । बढ्ने उमेर सकिसकेको छ भने अर्थोडोन्टिक क्यामोफ्लाजबाट पनि उपचार गर्न सकिन्छ, जुनमा समान्य जवडाको समस्यालाई दाँत सारेर उपचार गरिन्छ तर जवडाकाे समस्याको प्रकृति अत्यन्त जटिल छ भने बढ्ने उमेर सिधिएपछि अर्थोग्नाथिक सर्जरीबाट उपचार गर्नुपर्ने हुन्छ । तसर्थ बच्चालाइ ७ वर्षकै उमेरमा अर्थोडोन्टिक्स विशेषज्ञसँग परामर्स लिदा उपयुक्त हुन्छ ।
दाँतको हेरचाह तथा समस्याका बारेमा स्वास्थ्य डायरीले उनै डाक्टर गुप्तासँग कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ।
दाँतको हेरचाह कसरी गर्ने ?
दाँतको हेरचाह गर्न सबैभन्दा महत्त्पूर्ण खानपान र दातकाे सरसफाईमा गरिने सावधानी हो । चिनीयुक्त खाना कम गर्ने, रेसायुक्त खाना, फलफूल तथा सागसब्जी बढी खाने, फ्लोराइडयुक्त टुटपेष्टले दैनिक २ पटक दाँत माझ्ने, खाना खाएपछि कुल्ला गर्ने र हरेक ६-६ महिनामा दन्त चिकित्सकलाई देखाउनुपर्छ । परेको खण्डमा त्यहाँ स्केलिङ (प्रोफेसन क्लिनिङ) गराउनुपर्छ । त्यस्तै मद्यपान तथा चुरोट र सुर्तीजन्य पदार्थ नखानाले पनि दाँत जोगाउन सकिन्छ ।
दाँत भर्नु र आरसीटीमा के फरक छ ?
दाँत किराले खाएर माथिल्लो इनामेल र डेन्टिङसम्म मात्रै पुगेको छ भने दाँत भरिन्छ। तर, किराले खाएर दाँतको नसासम्मै बिग्रिएको छ भने त्यो बेला दात दुख्ने हुन्छ र रुट क्यानुअल ट्रिटमेन्ट (आरसीटी) गरिन्छ । त्यस्तो समस्या आएमा नसामा भएको संक्रमण सुकाएर दाँत भरिन्छ । त्यसैलाई जरादेखि भर्ने अथवा आरसीटी भनिन्छ । दाँत किराले खाएकाे बिरामीको दाँतको एक्सरे गरेर कुन उपचार गर्ने भन्ने निधो गरिन्छ ।
स्केलिङ किन आवश्यक छ ?
हरेक व्यक्तिले दैनिक दाँत माझ्दापनि कुनै ठाउँ छुटिरहेको हुन्छ । जहाँ ब्रस पुग्दैन त्यहाँ खानाहरु जमेर एउटा तह बन्छ । त्यसमा किटाणु जमेर संक्रमण हुनुसक्छ । जसका कारण ब्रस गर्दा रगत आउने, गिजाको इन्फेक्सन हुने लगायतका समस्या देखिन्छन । त्यस्तै दाँतको हड्डी गलेर दाँत हल्लिने समस्या पनि आउने हुन्छ ।
त्यसलाई निराकरण गर्न प्रत्येक ६ महिनामा स्केलिङ गरिन्छ । अर्थात् त्यो फोहोर निकालिन्छ । स्केलिङ गर्दा दाँत हल्लिन्छ, बिग्रिन्छ खिइन्छ भन्ने अन्धविश्वास छ । जबकी त्यसको मद्दतले हल्लिएका दाँत पनि मिल्छन् वा बलियो हुन्छन् ।
नियमित दाँत सफा गर्दा र तिथ ह्वाइटनिन्ग (बलिचिन्ग) गर्दा केही असर हुन्छ कि ?
दाँत सफा गर्दा कुनै असर हुँदैन । तर, दाँत सेतो पर्ने प्रक्रिया तिथ ह्वाइटनिन्ग (बलिचिन्ग) भने सीमित मात्रामा मात्रै गर्नुपर्छ । किनभने दाँत सेतो पार्ने प्रक्रियामा प्रयोग हुने रसायनले दाँतमा सेन्सीबिटी आउने समस्या आउन सक्छ ।
गिजाबाट रगत आउने समस्या किन हुन्छ ?
गिजाको समस्या अथवा गिजाबाट रगत आउने समस्याको मुख्य कारण दाँत फोहोर भएर नै हो । नियिमित स्केलिङ गर्दा त्यो समस्या कम भएर जान्छ ।
दाँत निकालेपछि के–कस्ता सावधानी अपनाउनुपर्छ ?
हामीले बिनाशल्यक्रिया र शल्यक्रियामार्फत दाँत निकाल्छौं । दाँत माथिबाट भाँचिएर जरा मात्रै बाँकी छ भने, वा दात हड्डीभित्रै (इम्प्याक्टेड) छ भने त्योबेला शल्यक्रिया गरिन्छ । दाँत निकालेपछि दन्त चिकित्सकले दिएको प्याकलाई ३० मिनेटसम्म च्यापेर राख्नुपर्छ । त्यस्तै २४ घण्टासम्म तातो खानेकुरा खानुहुँदैन । त्यसपछिको २४ घण्टामा मनतातो पानीले मुख कुल्ला गर्नुपर्छ ।
ब्रेस लगाएर उपचार गरेपछि फेरि बिग्रीन्छ र ?
बाङ्गोटिङ्गो दाँतलाई ब्रेस लगाएर मिलाइन्छ । दांत नया ठाउमा सरेकाे हुदा त्यसकाे वरिपरीकाे हड्डी र रेसाहरू अर्गनाइज्ड भइसकेकाे हुदैन तसर्थ त्यसलाई रिटेनर लगाएर डेढदेखि २ वर्षसम्म राेकेर राखिन्छ । यसले दाँतलाई सेट गर्न सहयोग गर्छ । यसाे गर्दा दाँत बिग्रीदैन ।