काठमाडाैं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिग्रिएको सिटीस्क्यान मेसिन नबन्दा बिरामी मर्कामा परेका छन् । दुई महिनादेखि बिग्रिएको सिटीस्क्यान नबनेपछि बिरामीहरु निजी अस्पताल धाउन बाध्य भएका छन् ।
अस्पतालमा दैनिक ६० देखि ८० जनाको सिटिस्क्यान हुनेका गरेको छ । तर, नियमित सिटीस्क्यान बिग्रिएपछि आकस्मिक कक्षमा रहेको सिटीस्क्यानले नियमित प्रक्रियाबाट आएका सबै बिरामीको सिटीस्क्यान गर्न सक्दैन । सोही कारण उपचारमा गर्न पुगेका धेरै बिरामी मर्कामा परेको गुनासो बढेको छ ।
बिग्रिएको सिटीस्क्यान र्मतका लागि पटक–पटक प्रयास गरे पनि अहिलेसम्म मर्मत हुन नसकेको अस्पतालका कार्यकारी निर्देशक डा घनश्याम गुरुङले बताए । उनले मेसिनको यकिन समस्या पत्ता लगाई शीघ्र रूपमा विकल्प खोज्ने तयारी भइरहेको बताए । ‘ट्युब मात्र बिग्रिएको हो भने आजभोलि नै मर्मतका लागि सूचना दिन्छौं। दुवै बिग्रिएको हो भने विकल्प खोज्नुपर्छ’, उनले भने ।