काठमाडौं- स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनले काफ्लेसहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
मञ्चको वरिष्ठ उपाध्यक्षमा मेडिकलपत्र डटकमका सम्पादक बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै दुईजना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् भने अर्को एक पदमा भने सञ्जिता खनाल र शरद शर्माको बराबर मत आएपछि एक-एक वर्ष आलोपालो गर्ने सहमति भएको छ ।
त्यसैगरी महासचिवमा शिवहरि घिमिरे, सचिवमा ज्योति अधिकारी तथा कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भएका छन् ।
सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष निरा राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट लुम्बिनी प्रदेश संयोजकमा बासुदेव न्यौपाने, बागमती प्रदेशमा वीरबहादुर तामाङ, गण्डकी प्रदेश संयोजकमा मोहसिन अलि मिया निर्वाचित भएका छन् । त्यसैगरी तुलसा घिमिरेलाई प्रवास संयोजकमा निर्वाचित गरिएको छ ।