Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

जुम्लामा २३३ किशोरी एचपीभी खोपबाट वञ्चित

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ फाल्गुन १३, मंगलवार
Share
Facebook Twitter

जुम्ला- जुम्लामा किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि पाठेघर क्यान्सर विरुद्धको एचपीभी खोप अभियान प्रभावकारी रूपमा सम्पन्न भएको छ । कुल ६,५०६ किशोरीले खोप प्राप्त गरेका छन्, जसले खोप अभियानप्रति व्यापक उत्साह दर्शाउँछ ।

यस खोप अभियानमा ६ कक्षा र १० वर्ष उमेर समूहका १,३७२ तथा ७ देखि १० कक्षा र ११-१४ वर्ष उमेर समूहका ५,१३४ किशोरी सहभागी भए । अभियानको प्रभावकारिता बढाउन जिल्लाका १६४ खोप सेसन सञ्चालन गरिए। माघ २७ देखि फागुन ७ गतेसम्म सञ्चालन भएको यो अभियान सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जुम्लाका आठवटै स्थानीय तहमा लागू गरिएको थियो । जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार ६,७३९ किशोरीलाई लक्षित गरिएकोमा ९६.५४ प्रतिशतले खोप प्राप्त गरे ।

खोप लगाउने संख्याको विवरण अनुसार कनकासुन्दरी गाउँपालिकामा ८०० किशोरी (१०७.२४%), सिँजा गाउँपालिकामा ७१५ किशोरी (१०४.२३%), तातोपानी गाउँपालिकामा ६७३ किशोरी (१०२.२८%), गुठिचौर गाउँपालिकामा ४१५ किशोरी (९७.१९%), चन्दननाथ नगरपालिकामा १,४२७ किशोरी (९७.०७%), हिमा गाउँपालिकामा ८०८ किशोरी (९९.५१%), पातारासी गाउँपालिकामा ८०३ किशोरी (८९.८२%) तथा तिला गाउँपालिकामा ८६५ किशोरी (८२.७%) रहेका छन् ।

तर, २३३ किशोरी खोप प्राप्त गर्नबाट वञ्चित भए । जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार पहिलो चरणमा चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा माघ २७ गतेबाट खोप लगाउन सुरु गरिएको थियो। दोस्रो चरणमा सिंजा क्षेत्रका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखि खोप लगाइएको थियो ।

खोप अभियान सफल बनाउनका लागि ३०३ स्वास्थ्यकर्मी तथा कर्मचारी परिचालन गरिएको थियो । तर, बिहानको अत्यधिक चिसोका कारण विद्यालय ढिलो खोल्दा केही किशोरीहरू खोपबाट वञ्चित भएको बताइएको छ ।

यस अभियानका लागि जुम्लामा ८,९२० भाइल खोप आइपुगेको थियो, जसले आगामी दिनमा बाँकी किशोरीहरूलाई पनि खोप प्रदान गर्ने सम्भावना बढाएको छ ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.