
काठमाडौं – नेपाल अप्थाल्मीक सोसाइटीले नेपाल चिकित्सक संघद्वारा बैशाख १० गते सार्वजनिक गरिएको आन्दोलनको घोषणा प्रति ऐक्यबद्धता जनाएको छ ।
एक प्रेस विज्ञप्तिमार्फत सोसाइटीले आन्दोलनमा उठाइएका सम्पूर्ण मागहरूप्रति समर्थन जनाउँदै, आवसीय चिकित्सकहरूको जायज मागलाई उचित ठहर गरेको जनाएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार, सोसाइटीले सम्बन्धित निकायहरूले ती मागहरूलाई यथाशिघ्र सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ ।
अध्यक्ष डा. पुरुषोत्तम जोशी र महासचिव डा. तेजशु सिंह मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल चिकित्सक संघले अघि सारेको आन्दोलनमा हामी पूर्ण समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछौं। आवसीय चिकित्सकहरूको न्यायसंगत मागप्रति हामी गम्भीर छौं र समाधानको अपेक्षा राख्दछौं।”




