काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले प्रगति गरको बताएक छन् । विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठन इन्टनेसनल एजेन्सी फर ‘द प्रिभेन्सन अफ ब्लाइन्डनेस ’ (आइएपिबी)द्वारा नेपालमा पहिलो पटक आयोजित सो ‘ इन साइट अफ लाइभ २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको लक्ष्य प्राप्त गर्न तर्फ काम गरिरहेको बताए । मन्त्री पौडेलले आँखा नेपालमा आँखा उपचार नवीन उपचार पद्धति रहेको समेत बताए । उनले सहरीकरण, बुढ्यौली र जीवनशैली परिवर्तनले आँखा स्वास्थ्य सेवाको माग बढाइरहेको बताए । उनले दक्षिण–पूर्वी एसियामा अन्धोपन अझै पनि उच्च…
स्वास्थ्य डायरी
काठमाडाैं- देशभर अस्थायी परिवार नियोजनका साधनहरू जस्तै कन्डम, पिल्स, तीन महिने सङ्गिनी सुई, कपर–टी, नरप्लान्टको अभाव देखिएको छ। समयमै खरिद प्रक्रिया सम्पन्न हुन नसकेका कारण यस्तो समस्या उत्पन्न भएको हो। स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार विभागको भण्डारण केन्द्रमा यी सामग्रीहरू अहिले उपलब्ध छैनन्। सरकारले निःशुल्क वितरण गर्दै आएको यस्ता साधनहरू देशका विभिन्न स्थानमा अभाव हुन थालेका छन्। डा. लालले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बाट प्राप्त सहयोगमा आएको कटौती प्रमुख कारण भएको बताएका छन्। उनका अनुसार अस्थायी साधनको लागि नेपाल दातृ निकायमा निर्भर रहँदै आएको छ, जसमा यूएसएआईडी प्रमुख स्रोत हो। स्वास्थ्य विभागका अनुसार नेपाललाई…
काठमाडौँ— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सकलाई प्रदर्शन स्थगन गरी तुरुन्त अस्पताल फर्कन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सेवा बहाली गर्दै बिरामीको उपचारमा फर्कन अपिल गरेका हुन्। वैशाख १६ गते शिक्षा मन्त्री रघुजी पन्त र एशोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा प्रतिनिधिमण्डलबीच भएको छलफलमा डा. कार्कीले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले तोकेको मासिक ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता आवासीय चिकित्सकलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। तर, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले…
डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–४ प्रशासन रोडमा रहेको आयुषा फार्मेसी एण्ड बैजनाथ क्लिनिकलाई सिल गरिएको छ। औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्ज, बाँकेसहितको संयुक्त अनुगमन टोलीले सो फार्मेसीलाई सिल गरेको हो। सोमबार गरिएको अनुगमनका क्रममा दर्ता नै नगरी सञ्चालन गरेको पाइएपछि आयुषा फार्मेसीलाई सिल गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए। ‘हामीले अनुगमन गर्दा दर्ता नगरेरै फार्मेसी सञ्चालन गरिएको पाइयो। पहिले दर्ता गर्नुभएको रहेछ। दर्ता रद्द भइसकेपछि पनि सञ्चालन गरेको भेटिएपछि सिलबन्दी गरिएको हो,’ उनले भने, ‘फार्मेसीमा म्याद नाघेको औषधिहरू पनि सञ्चय गरेको भेट्यौँ।’ संयुक्त अनुगमन टोलीले एक साताभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताए। नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्यांकन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५.४५ बाट बढाएर ७५ प्रतिशतसम्म…
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सहि छाप बिरामी रिपोर्टमा खुलाउन भनेको छ । निर्देशनले बिरामीको उपचार तथा फलोअपमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । साथै, यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदा हुँदै अस्पतालबाहिर हुने रेफरसमेत रोक्ने अपेक्षा गरिएको छ ।…
बैतडी- केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट पुनः स्वास्थ्य बिमा सुरु गर्ने तयारी भएको छ। स्वास्थ्य बिमा ‘अनलाइन’ प्रणालीमा गएपछि गएको दुई वर्ष यतादेखि रोकिएको सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य बिमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताए। उनका अनुसार स्वास्थ्य बिमा सेवा सुरु गर्नका लागि आवश्यक सफ्टवेयर किन्ने तयारी भएको छ। सफ्टवेयर खरिदका लागि नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको बडालले बताए। सफ्टवेयर खरिद गरेपछि केही दिनभित्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु मानेर सेवा दिइने बडालले बताए। यसअघि त्यो क्षेत्रका नागरिकका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु तोकिएको थियो। स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकलाई प्रथम विन्दुबाट प्राप्त…
काठमाडौं – चिकित्सा शिक्षा सुधार अभियानका अगुवा प्रा. डा. गोविन्द केसीले सरकारले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने तयारी थालेकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले माग सम्बोधन नभए नेपाल फर्किएर पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्। भूकम्प प्रभावितको उपचार गर्न म्यानमार गएका डा. केसीले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै एमबीबीएसको सिट १ सयबाट १५० पुर्याउने सरकारको तयारीप्रति ध्यानाकर्षण गराएका हुन्। उनका अनुसार हालको सिट संख्या एक सिटले पनि नबढाइनु पर्ने र विगतमा सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने आवश्यकता छ। “एमबीबीएस सिट हालको संख्या भन्दा बढाउन मिल्दैन,” विज्ञप्तिमा भनिएकाे छ, “निजी मेडिकल कलेजबाट श्रम शोषणमा परेका रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन…
नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण दुई दिनसम्म बन्द भएको भेरी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा आजदेखि सञ्चालनमा आएको छ । ओपिडी सेवा सञ्चालनसँगै बिरामीको भीड बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए । उनले अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको संयोजकत्वमा निर्माण भएको आगलागी छानबिन समितिलाई विस्तार गरिएको जानकारी दिँदै छानविन समितिमा अस्पतालका कर्मचारीबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालयलगायतबाट एक-एक प्रतिनिधिसमेत सदस्य रहेको बताए। ‘धेरै विषयबाहिर आएका छन्, त्यसैले यसको निष्पक्ष छानबिन होस भनेर यस्तो समिति निर्माण गरिएको हो’, डा सुवेदीले भने । अस्पतालमा गत शनिबार भएको आगलागीका कारण…
काठमाडौं- सेती प्रादेशिक अस्पतालकाे तेस्रो तलाबाट हाम फालेका मृगौला पीडित ६३ वर्षीय चक्रबहादुर सिंहकाे मृत्यु भएकाे छ । मंगलबार दिउँसो अस्पतालकाे छतबाट हाम फालेका गाेदावरी नगरपालिका-१ का सिंहकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले सिंहकाे उपचारका क्रममा चिकित्सकले मृत घाेषणा गरेकाे बताए । मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । साेमबार अस्पताल भर्ना भएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । उनकी श्रीमती ईश्वरीदेवी सिंह कुरूवा बसेकी थिइन् । श्रीमती निदाएका बेला सिंह छतमाथि उक्लिएका थिए । प्रहरीले उनलाई छतमा चढेकाे देखेर वार्ड फर्किन…

