काठमाडौं – सरकारले अबदेखि जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सङ्गठित क्षेत्रमा कार्यरत सबै व्यक्तिलाई स्वास्थ्य बीमामा अनिवार्य रूपमा आबद्ध गराउने भएको छ। आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारले स्वेच्छिक बीमाको सट्टा अब अनिवार्य बीमाको व्यवस्था गर्ने स्पष्ट उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा भनिएको छ, “स्वास्थ्य बीमाको दायरा विस्तार गर्दै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सङ्गठित क्षेत्रमा कार्यरत सबैलाई बीमामा अनिवार्य रूपमा आबद्ध गराइनेछ। साथै, आधारभूत स्वास्थ्य सेवा बाहेकका गम्भीर उपचारहरू बीमा सुविधा थैलीमार्फत उपलब्ध हुने व्यवस्था गरिनेछ।” हाल स्वास्थ्य बीमा कार्यक्रममार्फत माग गरिएको भुक्तानीमध्ये १६ अर्ब रुपैयाँभन्दा बढी रकम सरकारले तिर्न बाँकी छ। यस्तो आर्थिक दबाबबीच सरकारले…
स्वास्थ्य डायरी
दार्चुला- यहाँको शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो । बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिडेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ । दुई जना मेडिकल अधिकृत करारमा छन् । “मेडिकल अधिकृतको दरबन्दी भए पनि पुरै समय यहाँ बस्नसक्ने अवस्था छैन”, नगरपालिकाका स्वास्थ्य संयोजक शिवदत्त जोशीका अनुसार सेवा सुविधाको कमीले गर्दा यहाँ बस्न रुचि कमैले देखाउने गरेका छन् । तोकिएको तलबबाहेक स्थानीय सरकारले थप बजेट दिएर चिकित्सक टिकाउनुपरेको छ । अस्पतालमा डा मनोजबहादुर पाल र उत्तमसिह धामी मात्रै कार्यरत छन् । राम्रो…
काठमाडौं- कालीमाटीमा बिक्रीका लागि ल्याइएको तने बोडीमा ९५ प्रतिशतभन्दा बढी विषादी भेटिएको छ । सर्लाहीबाट बिक्रीका लागि ल्याइएको उक्त बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले शुक्रबार १८ वटा स्टलका १८ वटा तरकारी तथा फलफूलको विषादी जाँच गरेको थियो । त्यसमध्ये तने बोडीमा उक्त प्रतिशतमा विषादी फेला परेको हो । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान…
काठमाडौं- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई ‘मेडिकल सिटी’को रूपमा विकास गरिए पनि मानसिक रोगको उपचारको सुविधा पर्याप्त नभएको बताएकी छन्। उनले यो कमीलाई पूरा गर्न भरतपुरमा मानसिक अस्पताल स्थापना गर्न सबै पक्षबीच साझा संकल्प आवश्यक भएको उल्लेख गरिन्। चितवन मेडिकल कलेजमा बिहीवार सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै मेयर दाहालले भनिन्, “विशेषज्ञ सेवा प्राप्त गर्न सकिने थलोको रूपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा अझै पनि कमी महसुस गरिएको छ।” उनले भरतपुरलाई मेडिकल सिटीको रूपमा थप विकसित गर्न आफू इच्छुक र तत्पर रहेको बताइन्। साथै, संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारका प्रतिनिधिहरू सम्मेलनमा सहभागी भएकाले…
काठमाडौं— प्रत्येक स्थानीय तहमा एक जना फर्मासिस्टको अनिवार्य स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्टहरू बिहीबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। स्वतन्त्र युवा फार्मेसी समूह (फर्मासिस्ट, सहायक फर्मासिस्ट र फार्मेसी अध्ययनरत विद्यार्थी) ले ११ बुँदे मागसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूको प्रमुख मागमध्ये, प्रत्येक वडास्थित स्वास्थ्य संस्थामा सहायक फर्मासिस्टको स्थायी दरबन्दी कायम गर्नुपर्ने, करार सेवाका जनशक्ति हटाएर लोकसेवा आयोगमार्फत स्थायी दरबन्दीमा नियुक्त गर्नुपर्ने र पारिश्रमिक स्वास्थ्य सेवा तहअनुसार फर्मासिस्टलाई सातौं तथा सहायक फर्मासिस्टलाई पाँचौं तहको दिनुपर्ने उल्लेख छ। फर्मासिस्ट सुनिल गौतमका अनुसार, “स्थानीय तहले मनोमानी ढंगले करारमा राख्ने प्रथा हटाउनुपर्छ, योग्य जनशक्ति लोकसेवामार्फत ल्याइनुपर्छ।” त्यस्तै, खाद्यपूरक सामग्रीको गुणस्तरमा कडाइ गरी अनियमित बिक्री वितरणमा…
कैलाली- गेटा अस्पतालको पछिल्लो उपकरण खरिद प्रक्रिया विवादमा तानिएको छ। अस्पतालमा नयाँ निर्देशकका रूपमा नियुक्त भएका डा. प्रदीपकुमार यादवमाथि मिलेमतोमा ठेक्का प्रक्रियालाई अघि बढाएको आरोप लागे पनि उनले ती आरोपलाई अस्वीकार गर्दै सबै प्रक्रिया कानुनी दायराभित्रै भएको दाबी गरेका छन्। डा. यादव गत १४ चैतमा बीर अस्पतालबाट सरुवा भएर गेटा अस्पताल आएका हुन्। आएलगत्तै उनले पहिलेको पाँच सदस्यीय खरिद समिति भंग गरेर नयाँ तीन सदस्यीय समिति गठन गरे, जसमा आफूअनुकूल निर्णय हुने रणनीति अपनाइएको भन्दै आलोचना भइरहेको छ। नयाँ समितिमा डा. जगदीश विष्ट संयोजकका रूपमा र डा. शंकर अधिकारी तथा शाखा अधिकृत सिद्धराज भट्ट सदस्य रहेका छन्। नयाँ समितिसँगै तीव्र…
काठमाडौं- नेपाल फार्मेसी परिषद्को अध्यक्षमा प्रज्वलजङ्ग पाण्डे नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेलाई थप चार वर्षका लागि परिषद्को अध्यक्ष पदमा नियुक्त गरेका हुन्। पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष थिए।
काठमाडाैं- गर्मी मौसममा शरीरलाई चिसो राख्न र डिहाइड्रेसनबाट जोगिनका लागि झोलिलो पदार्थहरूको सेवन अत्यन्तै उपयोगी मानिन्छ। यस्तै फलहरूमध्ये खरबुजा एक सस्तो, स्वादिलो र स्वास्थ्यवर्द्धक विकल्प हो। यसमा पानीको मात्रा अत्यधिक हुन्छ, जसले शरीरलाई हाइड्रेट राख्न सहयोग पुर्याउँछ। यहाँ प्रस्तुत गरिएको छ गर्मीमा खरबुजा खानुका ५ प्रमुख फाइदाहरू: १. शरीरलाई डिहाइड्रेसनबाट जोगाउँछखरबुजामा लगभग ९० प्रतिशत पानी हुन्छ। गर्मीमा पसिना धेरै आउने भएकाले शरीरबाट पानीको मात्रा घट्न सक्छ। यस्ता बेला खरबुजाको सेवनले पानीको कमी हुन दिंदैन र शरीरलाई चिसो राख्न मद्दत गर्छ। २. प्रतिरोधी क्षमता बलियो बनाउँछखरबुजामा पाइने भिटामिन सी र भिटामिन ए ले शरीरको प्रतिरोधी क्षमता (इम्युनिटी) बलियो बनाउँछ। यी तत्वले…
काठमाडौं – अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए । यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झण्झट कम हुने…
खोटाङ– रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि गत बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । छ वडा रहेको रावाबेँसीमा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ बालबालिकाले पूर्ण खोप लगाएका छन् । सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिसलगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख…

