काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकलाई सरकारी स्वास्थ्य सेवाको आठौँ तह (मासिक ४८,७३७ रुपैयाँ) सरहको निर्वाह भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगको माघ २५ गते सम्पन्न १६औँ बैठकको निर्णय अनुसार उक्त भत्ता तुरुन्त उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो। निर्देशनमा भनिएको छ, “विभिन्न विश्वविद्यालय र तिनका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूमा स्नातकोत्तर तहको अध्ययनरत सम्पूर्ण आवासीय चिकित्सकलाई, सार्वजनिक शिक्षण संस्थामा अध्ययनरत चिकित्सकलाई जस्तै आठौँ तह सरहको निर्वाह भत्ता उपलब्ध गराउन प्रष्ट उल्लेख गरिएको छ।” मन्त्रालयले भत्ता उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाउन समेत आग्रह गरेको छ। साथै,…
स्वास्थ्य डायरी
कैलाली- नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको ९८ प्रकारका औषधिहरूमध्ये ‘आइरन चक्की’ सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थामा अभाव भएको छ। डोटी, अछाम, बाजुरा, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीमा चक्की नहुँदा गर्भवती महिला निराश भएर फर्किन थालेका छन्। डोटीका जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीका अनुसार केन्द्रबाट बजेट नआएकाले औषधि खरिद रोकिएको हो। “हामीले सबै पालिकालाई आफैं खरिद गर्न अनुरोध गरेका छौं,” उनले भने। अछाममा ५,६०० गर्भवती महिला छन् तर अप्रिलमै म्याद सकिएको २० हजार ट्याब्लेट बाहेक औषधि छैन। कैलालीमा पनि समस्या उस्तै छ। आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख झनक ढुंगानाका अनुसार असारसम्म सबै स्थानीय तहलाई आफैं औषधि व्यवस्थापन गर्न…
कैलाली- पूर्णागिरी मन्दिरको तीर्थयात्राबाट फर्किएका कैलालीको जोशीपुर गाउँपालिका–१ का ४० जना स्थानीय बिरामी परेका छन्। बाटोमा बिक्री हुने अस्वस्थकर फास्ट फूड सेवनपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो। जोशीपुर गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नृपबहादुर डङ्गौराका अनुसार तीर्थयात्राको क्रममा ती व्यक्तिहरूले सडक छेउछाउमा बेचिने समोसा, पकौडा, चाउमिन लगायतका परिकार खाएका थिए। खराब वा बिग्रिएको खाना खाएका कारण उनीहरूमा पेटसम्बन्धी समस्या देखिएको बताइएको छ। बिरामीमध्ये ३७ जनालाई औषधि दिइएको छ भने तीन जनालाई अवस्था गम्भीर भएपछि पिरपरकोटी आधारभूत स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ। बिरामीहरूमा ज्वरो, बारम्बार पातलो दिसा, पेट दुख्ने, बान्ता आउने, पेट फुल्नेजस्ता लक्षण देखिएको छ। एकै वडामा धेरै संख्यामा मानिस…
भेरीगङ्गा (सुर्खेत) – सुर्खेत सिम्ता गाउँपालिका–८ का भीमबहादुर खत्री लामो समयदेखि हाडजोर्नीको समस्याबाट पीडित थिए। उपचार गर्न सिम्ताबाट कि वीरेन्द्रनगर जानुपथ्र्यो या नेपालगञ्ज। सिम्ताबाट वीरेन्द्रनगर आउन ८० किलोमिटर यात्रा गर्नुपर्छ भने नेपालगञ्जबाट एक सय ५० किलोमिटर। आफ्नो स्वास्थ्य उपचारका लागि हप्तौँपिच्छे जानुपर्ने खत्रीलाई गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरले ठूलो राहत मिलेको छ। प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा शुभ श्रेष्ठसहितको टोली गाउँमै पुगेपछि भीम बहादुरलाई वीरेन्द्रनगर र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको हो। “लामो समयदेखि मलाई हाडजोर्नीको समस्या छ”, ६१ वर्षीय खत्रीले भने, “गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएँ। यस्ता स्वास्थ्य शिविर नियमित…
काठमाडौँ – सङ्घीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन विधेयक ल्याइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अघि बढाएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको हो। अस्पतालपिच्छे रहेका विकास समितिमा भएका सेवा शुल्कको भिन्नता, खर्चमा देखिएको अपारदर्शिता तथा कर्मचारीको नियुक्ति तथा स्थायी प्रक्रियालाई एकरुपता ल्याउन लागिएको हो। हाल सङ्घीय अस्पतालहरुमा भएका छुट्टाछुट्टै समिति अस्तित्वमा हुँदा एकै खालका अन्य सङ्घीय अस्पतालभन्दा फरक नियम तथा सेवा शुल्क लिने गरिएको छ। यसलाई कम गर्नका लागि अब ऐनमार्फत एकीकृत रुपमा सेवा तथा नीतिगत व्यवस्था हुने गरी व्यवस्था…
काठमाडौं – आज मे ४ तारिख, विश्वभरि ‘विश्व हाँसो दिवस’ मनाइँदैछ। ‘स्वास्थ्य, शान्ति र खुशीका लागि हाँसो’ भन्ने नाराका साथ मनाइएको यस दिवसले मानिसहरूलाई हाँसोका मानसिक, सामाजिक र औषधीय फाइदाबारे सजग गराउने उद्देश्य राखेको छ। विश्व हाँसो दिवसको सुरुवात सन् १९९८ मा भारतका डा. मदन कटरियाले गरेका थिए, जसलाई हाँसो योगका प्रवर्तक मानिन्छ। हाँसोले संसारभरि सकारात्मक ऊर्जा फैलाउने, स्वास्थ्य सुधार गर्ने र तनाव घटाउने काम गर्ने उनको विश्वास छ। कटरियाका अनुसार, शरीरले वास्तविक र बनावटी हाँसोबीच छुट्याउन नसक्ने भएकाले कृत्रिम रूपमा हाँसे पनि त्यसका सकारात्मक प्रभावहरू हुन्छन्। अनुसन्धानले पनि हाँसोका थुप्रै फाइदा पुष्टि गरेका छन्। विशेषगरी, हाँसोले तनाव घटाउने हार्मोन…
काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमा सरकारी र निजी अस्पताललाई ४ अर्ब ३८ करोड भुक्तानी गरेको छ । बीमा बोर्डका अनुसार सेवा प्रदायक ४ सय भन्दा बढी संस्थालाई ४ अर्ब ३८ करोड भुक्तानी गरेको हो । चालू आर्थिक वर्षमा सरकारले बीमा बोर्डलाई ७ अर्ब ५० करोड विनियोजन गरेको थियो । उक्त रकमले पनि नपुगेपछि शुक्रबार अर्थ मन्त्रालयले तीन अर्ब विनियोजन गरेको हो । ‘स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था छन् । बीमा बोर्डको तथ्यांक अनुसार सेवा प्रदायक संस्थालाई मासिक २ अर्ब भुक्तानी गर्नुपर्ने हुन्छ ।
काठमाडौं— नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरसहितका विरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले ठाकुरसहितका संलग्नविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको भ्रष्टाचार आरोपमा मुद्दा अघि बढाएको हो। उजुरीका आधारमा अनुसन्धान गर्दा सार्वजनिक खरिद प्रक्रिया कमजोर बनाइ ठेक्काको प्रतिस्पर्धा सीमित गर्ने, मिलेमतोमा ठेक्का दिने र लागत अनुमानमा नरहेका आइटमहरू समावेश गरिएको पाइएको आयोगले जनाएको छ। विशेषगरी एमएम-३५ इन्टरलक ब्लक बिछ्याउने कार्यलाई मुख्य निर्माण कार्यझैं प्रस्तुत गरी अन्य प्रतिस्पर्धी कम्पनीलाई बाहिर राख्ने उद्देश्यसहित बोलपत्र अस्वीकृत गरिएको उल्लेख छ। आयोगका अनुसार…
हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१०, राप्ती रोडका केही निजी मेडिकलहरू मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। शुक्रबार गरिएको जिल्लास्तरीय अनुगमनमा सरसफाइको अभाव, दर्ता तथा नवीकरण नहुँनु, नागरिक बडापत्र नहुनु र औषधीको बिल नदिनेजस्ता कैफियत भेटिएको हो। अनुगमन गरिएको मेडिकलमा हेटौँडा फिजियोथेरापी सेन्टर, न्यु त्रिवेणी मेडिकल सेन्टर, गुराँस पोलिक्लिनिक र हँस डेन्टल क्लिनिक रहेका छन्। अनुगमन टोलीले सुधारका लागि सुझाव दिएको छ। जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले नियमित अनुगमन गरिने जानकारी दिँदै संरचना व्यवस्थापन र सरसफाइमा सुधार आवश्यक रहेको बताए। मेडिकल सञ्चालकहरूले सडक विस्तार अन्योल हुँदा स्थायी संरचना बनाउन नसकेको बताएका छन्। बागमती प्रदेश सरकारले एक वर्ष रोकिएको दर्ता प्रक्रिया अहिले अनलाइनमार्फत पुनः…
काठमाडौं- सरकार र नेपाल चिकित्सक संघबीच सहमति भई आन्दोलन स्थगन भए पनि आवासीय चिकित्सकहरू भने अझै आन्दोलनमै छन्। उनीहरूले सरकारसँग कुनै सहमति नभएको भन्दै आफ्ना माग पुरा नहुँदासम्म संघर्ष जारी रहने बताएका छन्। आवासीय चिकित्सकहरूको नेतृत्वमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ले सरकारले पारिश्रमिक, सेवा सुविधा र कार्यस्थल सुरक्षासम्बन्धी समस्याहरूलाई वेवास्ता गरेको आरोप लगाउँदै आन्दोलन यथावत् रहेको स्पष्ट पारेको छ। समितिका अनुसार चिकित्सा शिक्षा आयोगले निर्णय गरेअनुसारको पारिश्रमिक तीन महिनादेखि नपाएका चिकित्सकहरूलाई सरकारले निर्देशन त दिएको छ, तर कार्यान्वयनको कुनै गम्भीर प्रयास नगरेको भन्दै उनीहरू असन्तुष्ट छन्। शनिवार राति जारी विज्ञप्तिमा समितिले भनेको छ, “निर्देशन र सहमतिको नाटक गर्नुको…

