काठमाडौँ- स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जनशक्ति थपिने भएका छन् । बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए । हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ । बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्र बाँकी दाबीमा मूल्याङ्कनसक्ने…
स्वास्थ्य डायरी
– लक्ष्मण रिमाल हस्पिटल फार्मासिस्टहरूले सुरक्षित, प्रभावकारी र कुशल औषधि प्रयोग सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्दछन्। उनीहरूको जिम्मेवारी फरक–फरक भए पनि सामूहिक रूपमा बिरामी हेरचाह र अस्पताल सञ्चालनमा उनीहरूको योगदान उल्लेखनीय हुन्छ। १. प्रमुख फार्मासिस्टःप्रमुख फार्मासिस्टले अस्पतालको फार्मेसी सञ्चालन र नीतिहरूको निरीक्षण गर्दछन्। उनीहरूले नियामक दिशानिर्देश र अस्पताल मापदण्डहरूको पालना सुनिश्चित गर्नुका साथै फार्मेसी बजेट, औषधि खरिद र भण्डारण (इन्भेन्टरी) नियन्त्रणको व्यवस्थापन गर्दछन्। औषधि सम्बन्धी नीतिहरू निर्माणमा अस्पताल प्रशासन र चिकित्सकहरूसँग समन्वय पनि गर्छन्। २. क्लिनिकल फार्मासिस्टःक्लिनिकल फार्मासिस्टहरूले डाक्टर र नर्सहरूसँग सहकार्य गरी औषधि उपचारलाई प्रभावकारी बनाउने कार्य गर्दछन्। उनीहरूले प्रिस्क्रिप्शनहरूको समीक्षा गरी उपयुक्त औषधि र खुराक सुनिश्चित गर्दछन्।…
काठमाडौं — सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने बताए । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउने भएको छ । जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाइने छ । यस्तै, जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने छ,’ राष्ट्रपति पौडेलले भने ।
काठमाडाैं- सरकारले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी गरेको छ। शुक्रबार (आज) सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्। ‘आधारभूत तथा अत्यावश्यक औषधिहरूको उत्पादन तथा प्रवर्द्धन गरिनेछ। औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी एकीकृत ऐन तर्जुमा गरिनेछ। आयुर्वेद सेवाको सुदृढीकरण र वैकल्पिक चिकित्सा विधि प्रवर्द्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रूपमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
काठमाडौं – सरकारले मस्तिष्क, मेरुदण्ड, मानसिक तथा स्नायु रोगको उपचारको लागि काठमाडौमा एक अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले मस्तिष्क, मेरुदण्ड, मानसिक तथा स्नायु रोगको उपचारको लागि काठमाडौमा एक अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने बताए । राष्ट्रिय मृगौला प्रत्यारोपण कार्यक्रम’ घोषणा गरी आवश्यक जनशक्ति र पूर्वाधारको विकास एवम् नियमित रूपमा मिर्गौलाको प्रत्यारोपण सुनिश्चित गर्दै सातै प्रदेशमा अङ्ग प्रत्यारोपण सेवा विस्तार उनले बताए ।
काठमाडौं – अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ । १४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् । राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।
काठमाडौं – सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउने भएको छ। त्यस्तै जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारलेसरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउन तथा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने बताएका हुन् ।
काठमाडौं- सरकारले गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘गम्भीर रोगको समेत उपचार स्वास्थ्य बीमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिनेछ।’ साथै स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरिने बताइएको छ। आधारभुत र अत्यावश्यक औषधि बीमा प्रणालीमा समेटिने समेत उल्लेख छ। अहिले स्वास्थ्य उपचारमा छरिएका सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गर्नुका साथै प्रभावकारी बनाइने बताइएको छ।
काठमाडाैं- सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने बताएका हुन् । यस्तै बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने उनले बताए । ‘स्वास्थ्य सम्बन्धी सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ,’ राष्ट्रपति पौडेलले भने ।
काठमाडौं- सरकारी तहकै जस्तो निर्वाह भत्ता माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकलाई समर्थन जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई कडा चेतावनी दिएका छन्। मन्त्रालयमा भएको छलफलमा उनले चेतावनी दिँदै भने– “चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गरिन्छ।” आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोलीसँगको भेटमा मन्त्री पौडेलले सरकारकै निर्णयअनुसार निर्वाह भत्ता उपलब्ध गराउन ढिलाइ गरिरहेका मेडिकल कलेजहरू गैरजिम्मेवार बन्दै गएको बताए। “यदि आवासीय चिकित्सकलाई आठौं तहसरह भत्ता नदिए, सम्बन्धन गुम्नेछ,” उनले भनेका छन्। चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको १६औं बैठकमा सार्वजनिक शिक्षण संस्थाजस्तै निजी कलेजका आवासीय चिकित्सकलाई पनि समान…

