कञ्चनपुर- विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ । बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत जिल्लाका १० सरकारी तथा सामुदायिक विद्यालयका करिब तीन हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममार्फत विद्यालयमै पुगेर विद्यार्थीको आँखा जाँच गर्ने, दृष्टि दोष पत्ता लगाउने र आवश्यक उपचारको व्यवस्था मिलाइने भएको छ । गेटा–महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीका…
स्वास्थ्य डायरी
काठमाडौँ – गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । ‘आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ । केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो । हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ,’ प्रवक्ता डा. बुढाथोकीले भने । विवरणअनुसार गत असोज…
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका अस्पतालहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्। मन्त्री शर्माले आइतबार जिरी अस्पताल, रामेछाप अस्पताल र मन्थलीस्थित स्वास्थ्य संस्थाहरूको अनुगमन गरेकी हुन्। अनुगमनका क्रममा सम्बन्धित अस्पताल प्रशासनले संस्थाको हालको अवस्था, बिरामीहरूको बढ्दो चाप तथा सेवा प्रवाहमा देखिएका प्रशासनिक र प्राविधिक समस्याबारे मन्त्री शर्मालाई जानकारी गराएका थिए। अस्पताल व्यवस्थापन पक्षले सीमित जनशक्ति, उपकरण अभाव तथा सेवा व्यवस्थापनका चुनौतीहरूबारे पनि मन्त्रीलाई अवगत गराएका थिए। सो अवसरमा उपस्थित सरोकारवालाहरूले दोलखा र रामेछाप जिल्लामा रहेको समग्र स्वास्थ्य सेवाको अवस्था, सेवामा देखिएका समस्याहरू तथा सुधार गर्नुपर्ने विषयहरूबारे मन्त्री शर्मासमक्ष धारणा राखेका थिए। अनुगमनका क्रममा…
काठमाडौं- नेपाल पाँच दशकभन्दा बढी समयदेखि रहेको अति कम विकसित मुलुक (एलडिसी) को श्रेणीबाट बाहिरिँदै २०२६ नोभेम्बर २४ मा विकासशील राष्ट्रको श्रेणीमा स्तरोन्नति हुने तय भएको छ। यो उपलब्धि आर्थिक तथा विकासको दृष्टिले सकारात्मक मानिए पनि औषधि क्षेत्रमा भने केही चुनौतीहरू देखिन सक्ने सरोकारवालाहरूले औंल्याएका छन्। फर्मा एक्स्पोका मिडिया कोर्डिनेटर शैलेश वैद्यका अनुसार नेपाल एलडिसी मुलुक भएकै कारण हालसम्म केही औषधिहरू अपेक्षाकृत सस्तो मूल्यमा उपलब्ध भइरहेका छन्। तर एलडिसीबाट स्तरोन्नति भएपछि बौद्धिक सम्पत्ति सम्बन्धी कडा कानुनी व्यवस्था लागू हुनसक्ने भएकाले औषधिको मूल्यमा प्रत्यक्ष प्रभाव पर्न सक्ने उनले बताए। उनका अनुसार नेपालमा अहिलेसम्म पूर्ण रूपमा व्यवस्थित बौद्धिक सम्पत्ति सम्बन्धी कानुन लागू…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ । कामपाले उपभोक्ताई खाद्य स्वच्छता कायम गराउन खाद्य व्यवसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाउन थालिसकेको कामपाको खाद्य प्राविधिक भारती अधिकारीकारीले जानकारी दिइन् । अधिकारीका अनुसार क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका क्यान्टिन र अस्पतालका क्यान्टिनहरूमा अनुगमन नियमितजस्तै गरिरहेको छ । अहिलेसम्ममा पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको (जानकी किचेन) क्यान्टिन तथा विद्यार्थीहरूको दिवा खाजा तयार गर्ने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको (नमो फुड कोड) क्यान्टिन, रत्नराज्य स्कुल बानेश्वरको क्यान्टिन, केएमसी हस्पिटल…
बाँके – क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचार सम्बन्धि नवीन प्रविधि र अनुभव आदान–प्रदान शैक्षिक कार्यक्रम आयोजना गरेको हो । ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा शाश्वत वर्माले ‘पेट–सिटीस् ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक…
बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको विकट गाउँमा महामारीको रूपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका छ हजार ७६३ बालबालिका र किशोरकिशोरीलाई खोप लगाउने लक्ष्यअनुसार पहिलो दिन नै चार हजार ६१७ जनालाई खोप लगाइएको छ । छुटेका बालबालिका र किशोरकिशोरीलाई पुनः विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर…
काठमाडाैं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए । प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनु जस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् । यस्तै, कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता…
काठमाडौं – नेपाल औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका सम्बन्धित निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ। यो सहमति नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रवर्द्धन परिषद् (ईईपिसी) बीच भएको हो। सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन्। साथै, औषधि उत्पादन क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार र गोष्ठी सञ्चालन गरिनेछ। सम्झौतामा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि उल्लेख छ।…
काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ। उनी ५५ वर्षका थिए। लिम्बू लामो समयदेखि क्यान्सर रोगबाट पीडित भई उपचार गराइरहेका थिए। साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईका अनुसार उनी केही महिनादेखि भारतमा उपचाररत थिए। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि धनकुटाको खुवाफोक ल्याउने तयारी भइरहेको छ। गाउँपालिकाले वडाध्यक्ष लिम्बूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको अध्यक्ष राईले जानकारी दिए। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय लिम्बू स्थानीय तहको विकास, सेवा प्रवाह र समुदायका विभिन्न समस्याको समाधानमा निरन्तर सक्रिय रहँदै आएका…


