काठमाडौं– कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी भर्ना खुला गरेको छ। बिहीबार सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार रिक्त पदहरू पूर्ति गर्न अस्पतालले ४२ जनाको दरखास्त आह्वान गरेको हो।

अस्पतालको पदपूर्ति समितिको निर्णयअनुसार आठौँ तहमा २४ जना मेडिकल अधिकृत, आठौँ तहकै एक जना बायोमेडिकल इन्जिनियर तथा पाँचौँ तहमा १७ जना स्टाफ नर्सका लागि आवेदन मागिएको छ। नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले रितपूर्वक आवेदन दिन सक्ने अस्पतालले जनाएको छ।


Last Modified Date: २०८२ मंसिर ४, बिहीबार







