
काठमाडौँ- काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार महानगरले अस्पताललाई रु ३० लाख प्रदान गर्नेछ। विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच तथा आवश्यकताअनुसार औषधी र चस्मा पनि प्रदान गर्नुपर्नेछ।
Last Modified Date: २०८२ चैत्र ६, शुक्रबार




