काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा मन्त्री पौडेलले सरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् । उनले बिमालाई प्रभावकारी बनाउन प्रेषण प्रणाली सहज बनाइने बताएका छन् ।

यस्तै उनले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन् । उनले सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने पनि बताएका छन्।
Last Modified Date: २०८१ श्रावण २७, आईतवार







