
काठमाडौं २५ बैशाख । ग्यास्ट्राइटिसको उपचारमा प्रयोग हुने प्रसिद्ध औषधि प्यानटप (PANTOP)को उत्पादक कम्पनी एशियन फर्मास्युटिकल्सले ग्यास्ट्राइटिस तथा पेटसम्बन्धी एसिडजन्य समस्या (Acid Related Disorders) को उपचारमा प्रयोग हुने नयाँ औषधि ‘भीप्राज’ (VPRAZ–Vonoprazan) बजारमा ल्याएको छ ।
ग्यास्टिक भनेर बुझिने ग्यास्ट्राइटिसको उपचारमा प्रयोग हुने भोनोप्राजन (VONOPRAZAN) वर्गको औषधि नेपालका धेरै चिकित्साकर्मीबीच माग रहेको भन्दै आफ्नो उत्पादनले उक्त माग पूर्ति गर्ने कम्पनीले जनाएको छ । कम्पनीले भिप्राजलाई १० एमजी र २० एमजीमा उत्पादन गरेको छ भने औषधिको पत्तामा रहने नामलाई ब्रेललिपीमा लेखेको छ । जसले गर्दा दृष्टिविहीनहरुले पनि सहजै औषधि पहिचान गर्नसक्नेछन् ।
जापानबाट सुरु, अमेरिकाबाट स्वीकृति
कम्पनीका अनुसार ‘भोनोप्राजान’ (Vonoprazan) सन् २०१५ मा पहिलो पटक जापानमा प्रयोगमा आएको थियो । अमेरिकी खाद्य तथा औषधि प्रशासन (USFDA) ले पनि सन् २०२२ मा यसलाई स्वीकृति दिएको थियो ।

नयाँ वर्गको औषधि
‘भोनोप्राजान’ लाई नयाँ वर्गको औषधि (New Class Molecule–PCAB) मानिन्छ । ग्यास्ट्राइटिस तथा पेटमा एसिडसम्बन्धी समस्याको उपचारमा विभिन्न देशमा यसको प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ ।
छिटो प्रभावकारी हुने दाबी
विशेषज्ञहरूका अनुसार यो औषधि खाना खानुअघि वा पछि सेवन गर्न सकिन्छ । साथै, अन्य औषधिबाट पर्याप्त लाभ नपाएका बिरामीमा पनि यसले प्रभावकारी काम गर्न सक्ने बताइएको छ । कम्पनीले ‘भीप्राज’ सुरक्षित, छिटो असर गर्ने तथा बिरामीमैत्री औषधि भएको जनाएको छ ।


