डोटी- डोटीमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका( १ टाँग गाउँमा विवाह भोज खाएका ९० जना बिरामी परेका हुन् ।
आदर्श गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काका अनुसार शुक्रवार स्थानीय नरबहादुर विकको छोरीको विवाहको भोज खाएका माइती पक्ष ९बर्याती० मा स्वास्थ्य समस्या देखा परेको हो ।
भोज खाएकाहरूमा ज्वरो आउने, वान्ता हुने, रिगंठा लाग्ने, पखाला लाग्ने, ढल्ने लगायतका समस्या देखा परेको उनको भनाइ छ।
बिरामी ३० जनाको शनिवार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको उनले बताए ।
बिरामीहरूको उपचारमा गाउँपालिकाका एमबीबीएस डाक्टर सहित १३ जनाको टोली परिचालन गरिएको छ।
बिरामीहरूमा अधिकांशलाई उपचार पश्चात् घर पठाइएको र केहीको उपचार जारी रहेको छ ।
भोजमा सुजीको हलुवा खाएकाहरूमा यस्तो समस्या देखा परेको र बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको खड्काले बताए ।
घटनाको जानकारी प्राप्त भएपछि सो स्थानमा आज साँझ प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमान्डमा ७ जनाको प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।