

काठमाडाैं- हरेक वर्षझै काठमाडौंमा रहेको नेशनल बाथरोग सेन्टरले योपटक पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको छ । यसपटक बद्री–तिर्थ अर्थाराइटिस समाज र नेशनल बायरोग सेन्टरको संयुक्त आयोजनामा जागरण अभियान गरिरहेको सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले बताए ।
उनका अनुसार यो वर्ष बाथरोग सम्बन्धी जनचेतना फैलाउने अभियान अन्तर्गत फोटो प्रर्दशनी, रोग पहिचान गर्न निःशुल्क रगत परीक्षण एवं परामर्शका साथै कुटुम्बसँग सहकार्य गर्दै ‘स्वस्थ जीवनका लागि सुमधुर संगित’ भन्ने मूल नाराका साथ टोलटोलमा सांगितिक कार्यक्रम गरिने भएको छ ।
यस्तै आज अध्ययन तथा अनुसन्धानका क्षेत्रमा पुर्याएको योगदानलाई मुल्याङकन गर्दै स्वर्गिय तिर्थानन्द वैद्यको स्मृतिमा ‘तिर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गएिको जानकारी उनले दिए । आज स्वाथ्य मन्त्री प्रदिप पौडेलको प्रमुख अतिथ्यमा आयोजना भएको कार्यक्रममा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने प्रा डा मोहन प्रसाद मोहनीलाई २५ हजार नगद राशीको उक्त अवार्ड प्रदान गरिएको हो ।

त्यसैगरी गणित विज्ञानमा नेपाली महिला एवं बद्री–तिर्थ आर्थ्रराइटिस समाज तिर्थानन्द वैद्य मेमोरियल लाईफ टाइम एचिभमेन्ट अवार्ड उपप्राध्यापक बिन्द्रा देवी शाक्यलाई प्रदान गरिएको थियो । उक्त अर्वाडसँगै २५ हजार नगद राशी पनि रहेको थियो ।

कार्यक्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यले बाथरोगले शरीरका महत्त्वपूर्ण अंगहरुलाई असर गर्ने भएकाले बेलैमा सचेत रहन आग्रह गरे ।
यस्तै प्रबन्ध निर्देशक कक्षपतिले सेन्टरले सन् २०१२ देखि बाथरोग जागरण अभियान सुरु गरेको स्मरण गराउँदै सामाजिक उत्तरदायित्व अन्र्तगत रोगको जनचेतना अभिवृद्धि गर्न र समयमा रोगको पहिचान गरी उपचार गर्न सफल भएको बताए ।
बाथरोग सेन्टरको देशका विभिन्न स्थानमा ८ वटा शाखा सञ्चालनमा छन् ।
भिडियो