कैलाली- नेपाल पत्रकार महासंघ कैलाली शाखाले जिल्लाका क्रियाशील पत्रकारको स्वास्थ्य बीमा गर्ने भएको छ।
बिहीवार बसेको महासंघ जिल्ला शाखा कैलालीको बैठकले पत्रकारहरूको दुर्घटना र स्वास्थ्य उपचार बीमा गर्ने निर्णय गरेको हो । बीमा सुविधा १७३ जना सदस्यलाई मात्रै नभई जिल्ला भित्र क्रियाशील सबै पत्रकारलाई उपलब्ध गराउने अध्यक्ष श्रवण देउवाले बताए ।