
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनाएको छ । कोरोना विरुद्धको १० देखि १२ लाख डोज खोप मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।
देशभर ९२ प्रतिशत सङ्ख्याले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८ प्रतिशत व्यक्तिले खोप लगाउन बाँकी छन् । नेपालमा नयाँ सब–भेरियन्ट जेएन. १ को पुष्टि भएसँगै खोप नलगाएका व्यक्तिलाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
ओमिक्रोनको नयाँ सब–भेरियन्ट खोप नलगाएका व्यक्तिलाई खोप लगाएका व्यक्तिको तुलनामा बढी प्रभाव हुनसक्ने भएकाले खोप लगाउनुपर्ने बुढाथोकीले बताए ।