दाङ- जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन् । बबई–७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, राप्ती आँखा अस्पताल (रक्षाचौर), तुलसीपुरस्थित मेट्रो सिटी पोलिक्लिनिक, तुलसीपुर सिटी अस्पताल, मनकामना डेण्टल प्रालि, रौनियार पोलिक्लिनिक प्रालिको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट एक सय ७० बढीले सेवा लिएका हुन् । स्त्रीरोग विशेषज्ञ, फिजिसिएन, आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित स्थानीयस्तरमा सेवा पाएपछि यहाँका नागरिक उत्साहित भएका छन् ।
स्वास्थ्य डायरी
काठमाडौं- निजामती अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक रेडियोथेरापी लिनायक मेसिन सञ्चालनमा ल्याएको छ । मुख्यसचिव एकनारायण अर्यालले आइतबार एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरेका छन् । लिनायक मेसिन जडान भएसँगै क्यान्सरका बिरामीले केही राहत पाउने मुख्य सचिव अर्यालले बताए । उनले यो सेवालाई निरन्तर अगाडि बढाउन सुझाव समेत दिए । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधान निधि पौडेलले रेडियोथेरापी मेसिनबाट क्यान्सरका बिरामीलाई लाभ पुग्ने बताए। उनले पाँच वर्षदेखिको पर्यासपछि मेसिन जोड्न सफल भएको बताए । उनले क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउँदै थप मेसिन आवश्यक रहेको बताए । मेसिन जडान भएकाले क्यान्सरका बिरामीलाई विदेश जानुपर्ने वाध्यता केही हदसम्म रोकिने…
ललितपुर- ललितपुर महानगरपालिकाले चुनिखेल र नख्खु करिडोरका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वडा नम्बर २२ चुनिखेल, नख्खु करिडोरमा सुँगर/बङ्गुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको महानगरले जनाएको छ । गएको कात्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट सङ्क्रमण पुष्टि भएकोले राेग फैलिन नदिनका लागि उच्च सतर्कता अपनाउन किसान/व्यवसायीलाई महानगरको पशु सेवा शाखाले अनुरोध गरेको छ । फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर, फर्मालिन लगायतका निःसङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसङ्क्रमण गर्न र रोगको शङ्का लागेका…
म्याग्दी- अन्नपूर्ण गाउँपालिका- ३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण- ३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताए । चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको उनले बताए । दाना, नारच्याङ, भुरुङ-तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका थिए । शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी…
सुर्खेत- कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियु्क्त गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रूपमा कार्यरत ढकाललाई निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी एघारौँ तहमा कार्यरत छन् । सामाजिक विकास मन्त्रालयले भने निर्देशकका लागि उक्त अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । निर्देशकमा नियुक्त डा. ढकाल हाल नेपाल चिकित्सक संघ कर्णाली प्रदेश संयोजक छन् । बैठकले प्रदेशसचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, ईश्वरचन्द्र मरट्ठालाई भौतिक…
चितवन- नेपाल चिकित्सक सङ्घ (एनएमए) केन्द्रीय समितिको आयोजनामा चितवनको भरतपुरमा प्रथम एनएमए स्पोर्टस फेस्ट सुरु भएको छ । हिहो भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रतियोगिताको उद्घाटन गरेकी छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले चिकित्सकहरूले व्यस्त जीवनशैलीका बाबजुद पनि स्वस्थ बन्नका निम्ति खेलकुद अत्यावश्यकीय हो भन्ने कुरा महसुस गर्दै कार्यक्रम आयोजना गरिएकामा धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सङ्घ विसं २००७ मा स्थापित नेपालको पुरानो संस्था भएको चर्चा गर्दै चिकित्सकहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराएर नयाँ कामको थालनी गरेको बताए । पहिलो पटक यस्तो प्रकारको खेल कार्यक्रम आयोजना गरिएको बताउँदै अध्यक्ष डा कार्कीले…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई एक्स–रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । वडा नंं १० ले मध्यबानेश्वरमा स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट बिहीबारदेखि उक्त सेवा नागरिकलाई उपलब्ध गराइएको हो । वडाध्यक्ष रामकुमार केसीले नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए । “आकस्मिक अवस्था आइपरेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रेसम्मको सेवा दिन सक्छौँ । यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै जानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनैपरे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत…
काठमाडौँ । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिए । “टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ”, उनले भने, “यदि उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गर्यौँ ।” गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण…
कास्की- माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । …
काठमाडाैं- अमेरिकाको स्वास्थ्यमन्त्रीमा खोप विरोधी अभियन्ता रोबर्ट एफ केनेडी जूनियर नियुक्त भएका छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई चुनावमा सहयोग गरेका रोबर्टलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका हुन् । रोबर्ट एफ केनेडी जूनियरले डोनाल्ड ट्रम्पलाई धन्यवाद दिदैँ आफ्नो कार्यकालमा अमेरिकालाई फेरि स्वस्थ बनाउने वाचा गरेका छन् । केनडीको नेतृत्वमा दीर्घकालीन रोगको महामारीको अन्त्यसँगै अमेरिकालाई फेरि महान र स्वस्थ बनाउने नारा पूरा हुने ट्रम्पले बताए । केनेडी विश्वभर कोभिड महामारीविरुद्धको खोप विरोधी अडानलाई लिएर चर्चित छन् । उनको नियुक्तिलाई लिएर केही जनस्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक डा म्यान्डी कोहेनले एपीसँग…

