

प्युठान- औषधी उपचारका लागि प्युठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधी अभावमा रित्तै फर्किने गरेका छन् । चालु आर्थिक वर्षमा औषधी खरिद हुन नसक्दा आयुर्वेद स्वास्थ्य सेवा केन्द्रमा औषधी अभाव भएको हो ।
आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले २३ प्रकारका औषधी निःशुल्क वितरण गर्ने गर्दछ । त्यसमध्ये बढी माग हुने अभिपत्तिकर चुर्ण र अश्रोगन्धा चुर्ण सेवा केन्द्रमा छैन ।
गत वर्ष खरिद गरेको औषधीले अहिलेसम्म काम चलाएको सेवा केन्द्रका प्रमुख शिशिर पोख्रेलले बताए । वार्षिक छ लाख रुपियाँ मात्र औषधी खरिदका लागि रकम विनियोजन भएको समेत उनले बताए ।