काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको हो ।
‘पाराक्वाट/पाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी, ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको हो । यो यी विषादी अब उत्पादन, संश्लेषण, निकासी र पैठारीमा प्रतिबन्ध हुनेछ ।
मन्त्रालयका अनुसार सूचना प्रकाशन हुनुअघि नेपालमा पैठारी भएका विषादी खपत गर्न दुई वर्षको समयावधि तोकिएको छ ।