काठमाडाैं- कान्तिपुर डेन्टल कलेजको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ काठमाडौं नर्थको आयोजनामा विद्यालयस्तरमै निःशुल्क दन्त परीक्षण गरिन थालिएको छ ।
सोही लक्ष्यअनुसार नुवाकोटको एक विद्यालयमा पनि केहीदिन अघि निःशुल्क दन्त परीक्षण तथा जनचेतना कार्यक्रमको आयोजना गरिएको छ । देवीघाटमा रहेको शहीद जगतप्रकाश जंग शाह सांस्कृतिक माविमा उक्त कार्यक्रमको आयोजना गरिएको कान्तिपुर डेन्टल कलेज तथा अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्षसमेत रहेका डा श्रेष्ठ, वर्तमान अध्यक्ष प्रितम पौडेल, सचिव बासुदेव श्रेष्ठ लगायतको सहभागीता थियो ।
