काठमाडौं- कंगोमा फ्लूको जस्तो लक्षणहरू देखिने अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा अधिकांश १५ देखि १८ वर्ष उमेर समूहका रहेको समाचार छ । बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका छन् । हालसम्म यसबाट तीन सयभन्दा बढी संक्रमित भएको बताईएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य टोली पठाईसकिएको समाचार छ । संक्रमितको संख्या बढ्दै गएकोले अवस्था चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू संकलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बताएको…
स्वास्थ्य डायरी
काठमाडौँ- देशभर बिहीबार २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाइँदै छ । ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज यो दिवस मनाउन लागिएको हो । महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्याउने उद्देश्यले वि सं २०४५ सालदेखि यो कार्यक्रम सुरु भएको हो। महिला स्वास्थ्य सेविकाले देशभर प्रजनन स्वास्थ्य जस्तै परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोग, खोप, पोषण, किशोरावस्था र महिनावारी, प्रजनन रुग्णता, ज्येष्ठ नागरिक, यौन तथा यौनजन्य रोग, किटजन्य रोगहरू, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरू, व्यक्तिगत…
चितवन- जिल्लामा डेंगुको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेंगुको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेंगु सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो । उनले भने, “प्रयोगशालाका अनुसार अहिले आठदेखि १० जनामा मात्र सङ्क्रमण देखिन थालेको छ । यसले सङ्क्रमण दर घट्दै गएको सङ्केत गर्छ ।” गत वर्ष कात्तिकसम्म मात्रै देखिएको डेङ्गी अहिले मङ्सिरमा पनि देखिएकाले सतर्कता अपनाउन प्रमुख रुपखेतीले सबैलाई आग्रह गरे । उनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि…
काठमाडौं – जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पठनपाठन तालाबन्दीको कारण दुई हप्तादेखि प्रभावित भएको छ । शिक्षक र कर्मचारीहरूले बढुवाको माग गर्दै प्रतिष्ठानको शैक्षिक भवन र प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन् । दुई सातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति डा मङ्गल रावल, रजिष्ट्रार नृपेन्द महत र रेक्टर डबलबहादुर धामीको कार्यकक्षमा ताला लगाइएको छ । ५८ जना शिक्षक र कर्मचारी लामो समयदेखि बढुवा नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बढुवाको नियुक्ति पत्र प्राप्त नहुँदासम्म ताला नखोल्ने धम्की दिएका छन् । लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाउनु, कर्मचारीको पक्षमा अदालतले गरेको फैसला कार्यान्वयन गर्न नमान्नु, कार्यकारी परिषद्ले सभा बैठकमा…
काठमाडाैं- चिसोले सबैलाई गाँजिरहेका बेला मानिसहरु चिसो पानी छोडेर तातो पानीले नुहाउन सुरु गर्छन् । यदि तपाईं पनि तातो पानीले नुहाउन सुरु गरिसक्नुभएको छ भने थोरै सावधान हुनुहोस् किनभने तातो पानीले नुहाउनु हानिकारक हुनसक्छ । छालारोग विशेषज्ञ अपूर्व जैनका अनुसार तातो पानीले नुहाउने बानी छाला र कपाल दुबैका लागि निकै हानिकार हुनसक्छ । त्यसरकारण सधैं मनतातो पानीको प्रयोग गर्नुहोस् । तातोपानीले १० मिनेटभन्दा बढि नुहाउनु हुँदैन । यसले छालाको नरमपनमा ह्रास ल्याउँछ । यसले छाला रुखो हुनुका साथै उचित स्याहार नगरे फुट्छ । यदि तपाईं तातो पानीले माशंपेशीलाई आराम मिल्छ भन्ने सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । किनभने यसले छालाले…
गलकोट– धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टिकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो । धौलागिरि अस्पतालमै ठूलो र सानो हड्डी रोगसम्बन्धी शल्यक्रिया गर्दा अधिकांश बिरामीलाई राहत भएको छ । यसअघि पोखरा र काठमाडौँ जानुपर्ने बिरामी स्थानीयस्तरमा उपचार पाएपछि यही रोकिन थालेका छन् । अस्पतालमा दुईजना हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक कार्यरत छन् । अस्पतालमा जटिल प्रकारका हड्डीको समेत प्रत्यारोपण गरिएको छ । बढ्दो सवारी दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी धेरै बिरामी अस्पतालमा आउन थालेका छन् । बिरामीले जिल्लामा सेवा पाउँदा खर्च र समय दुवैको बचत भएको प्रतिक्रिया दिएका छन् ।…
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । आज (बुधबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनको प्रोस्टेडको अप्रेसन गरिएको हो । उनी आज प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पताल भर्ना भएका थिए । शिक्षण अस्पतालका अनुसार आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) बाट राष्ट्रपति पौडेको अप्रेशन गरिएको हो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
बागमती- हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ । उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ । बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रु एक करोड मूल्य बराबरको मुटुपरीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पतालाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् । सुपरिटेन्डेन्ट डा सापकोटाले भने, “हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एक जनाले मात्र आवेदन भर्नुभयो । तर, उहाँलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन।” मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण…
काठमाडाैं- राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो । प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्दैछ । राष्ट्रपति पौडेलले १५/१६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको एक चिकित्सकले बताए । शल्यक्रियाको प्रक्रिया प्रारम्भ भैसकेको गरिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
तम्घास – गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो । यस कार्यक्रमअन्तर्गत महिलाहरु प्रथमपटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाइका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिए। यो कार्यक्रम चालु आर्थिक वर्षभरि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । यसका लागि ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष पाँच लाख बजेट विनियोजन गरी…

