स्वास्थ्य डायरी

काठमाडौँ- नार्गाजुन नगरपालिका भीमढुङ्गाकी स्मृति मगरातीको दुवै मिर्गौलाले काम गर्न छाडेको वर्षौँ भइसकेको छ । छब्बिस वर्षीया स्मृति हप्ताको तीन दिन आमा सावित्री मगरातीको सहयोगमा बनस्थलीस्थित राष्ट्रिय मिर्गौला केन्द्रको डायलसिस कक्षमा छिर्छिन् र चार/पाँच घण्टापछि बाहिरिन्छन् । शारीरिक रूपमा उनी हिँडडुल गर्न सक्दिनन् । विगत १० वर्षदेखि उनी डायलसिसको सहारामा बाँचिरहेकी छिन् । उनकी आमा सावित्री प्रश्न गर्दछिन्, “हामीलाई थाहा नै छैन । तर यो दुःख बाँड्ने कोही भइदिए बोझ अलि कम हुन्थ्यो कि ।” सावित्रीको भनाइमा उनको परिवारले स्मृतिको उपचारमा धेरै खर्च गरिसकेको छ । अलि अलि भएको जायजेथा पनि बेचिसक्यो । यो परिवारले मिर्गौला प्रत्यारोपण कल्पना पनि गर्न…

विस्तृतमा...

महोत्तरी- बर्दिबास मेडिकल कलेजका लागि जग्गा यकिन नहुँदा स्थानीय निराश भएका छन् । वन विभागले कलेजका लागि प्रस्तावित वनक्षेत्र एकलौटी रूपमा नदिने आशय व्यक्त गरेपछि आफ्नै गाउँठाउँमा शिक्षण अस्पताल बन्ने आशमा रहेकाहरु निराश भएका हुन् । कलेजका लागि प्रस्तावित जग्गा त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो । शिक्षा मन्त्रालय र वनविभागलाई निरन्तर घच्घच्च्याइएको मेडिकल कलेज आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदीले बताए । कलेज निर्माणका लागि प्रस्तावित बर्दिबास–४ को माइस्थानस्थित अटावे र भब्सी खोलाबीचको वनक्षेत्रको ४९ हेक्टर जग्गाबारे सर्वोच्च अदालतमा परेको मुद्दाले केही समय प्रक्रिया रोकिएको भए पनि मुद्दाको फैसला भएपछि अब प्रस्तावित जग्गा, काटिने…

विस्तृतमा...

काठमाडौं- परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्किँदै छिन् । स्वास्थ्य परीक्षणका लागि भारतमा रहेकी मन्त्री राणा आज स्वदेश फिर्ता हुन लागेकी हुन्। युरोपबाटै उनी ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन् । उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जानकारी दिएको छ । नयाँ दिल्लीको म्याक्स हस्पिटलमा १४ चैत २०७४ मा आरजुको हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया गरिएको थियो । त्यसैले दिल्ली आउँदा आरजुले स्वास्थ्य जाँच गराउने गरेको उनी निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणबाट फर्किएलगत्तै आरजु नेदरल्याण्ड्सको हेग गएकी…

विस्तृतमा...

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले २६ जना उपप्राध्यापक मागेको छ। त्रिविले आज एक सूचना जारी गर्दै करारमा नियुक्त गर्ने गरी २६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको हो। संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि उपप्राध्यापक मागेको हो । करार अवधि कम्तिमा एक वर्ष भनिएको छ। योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको २८ दिनभित्र आवेदन फाराम बुझाउन सक्नेछन् ।

विस्तृतमा...

काठमाडौँ – सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा कास्कीका श्रीराम सुवेदीलाई मनोनयन गरेको छ ।    शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विकास समितिको अध्यक्षमा सुवेदीको मनोनयन गर्ने निर्णय गरेको हो ।

विस्तृतमा...

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका जुनियर असिस्टेन्टविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा मनसुन नेपालविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि नेपालले नक्कली प्रमाणपत्र पेश गरेका थिए । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा उनको एसएलसीको लब्धाङ्क पत्र र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंबाट जारी भएको चारित्रिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९…

विस्तृतमा...

काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशन नमानेर फेसबुकबाट जवाफ फर्काएपछि स्वास्थ्य मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको आरोपमा मन्त्रालयले डा. केसीलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले शुक्रबार पत्र काट्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो । ‘मन्त्रालयले आफैं निर्देशक जस्तो जिम्मेवारीपूर्ण पदमा आसिन कर्मचारीले सार्वजनिक सरोकारका विषयहरु सामाजिक सञ्जाल (फेसबुक)मा के कति कारणले लेखिएको हो ? सोको स्पष्ट जानकारी पछिसम्म फरक नपर्ने गरी आजको मितिले तीन दिनभित्र स्पष्टीकरणसहित मन्त्रालय पेश गर्न निर्णयनुसार अनुरोध छ,’ स्पष्टीकरण पत्रमा लेखिएको छ । गत बुधबार वैद्यखानाको…

विस्तृतमा...

दाङ- दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । ‘स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन’, उनले भनिन् । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनी बताउँछिन् । घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरिन् । ‘हामीले दुःखमात्र गरेका छाैँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ’, उनले भनिन् । सुविधाका नाममा बैठक भत्ता चार सय ५०, वार्षिक पोशाक भत्ता १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक चार…

विस्तृतमा...

काठमाडौं- स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ। शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गरे। फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेको बताए। उनले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाइने बताए। अब जिल्लामै अधिकांश रोगको उपचार हुनेगरी अस्पतालको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएपनि ६० शय्या क्षमतामा सञ्चालित अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको हो। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो…

विस्तृतमा...

काठमाडौं- महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२४’ को उपाधि नर्भिक इन्टरनेशनल अस्पतालले जितेको छ । शनिबार भएको फाईनल खेलमा ओम समाज डेन्टल हस्पिटललाई पराजित गर्दै नर्भिक अस्पताल च्याम्पियन बनेको हो । नर्भिक इन्टरनेशनल अस्पतालले एभरेष्ट अस्पताललाई र ओम समाज डेन्टल हस्पिटलले ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । उपाधि सहित नर्भिक इन्टरनेशनल अस्पतालले ३० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता ओम समाज डेन्टल हस्पिटलले २० हजार रुपैयाँमा चित्त बुझायो । ‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ हस्पिटलले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन…

विस्तृतमा...