स्वास्थ्य डायरी

काठमाडौँ- देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् । ठूलो संख्यामा थारु समुदायमा समस्स्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरि अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरुका लागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन् । मन्त्री पौडेलले गत महिना सिकलसेल उपचारसम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा,…

विस्तृतमा...

सप्तरी – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशकै गौरवका रूपमा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको काम चाँडै अगाडि बढाइने बताएका छन् । सप्तरीको राजविराज-१० विरौलमा रहेका प्रतिष्ठानको जग्गा निरीक्षण गर्ने क्रममा आज मन्त्री पौडेलल प्रतिष्ठानको व्यवस्थित विकास गर्ने सोचका साथ आवश्यक संरचना निर्माणका लागि सरकार अघि बढेको बताए । उनले चिकित्सा शिक्षा अध्ययनतर्फको स्नातक तह (एमबिबिएस) को पढाई सञ्चालन गर्ने उद्देश्यका लागि प्रतिष्ठानका पूर्वाधार निर्माण गर्न लागिएको र यसलाई व्यवस्थित गरेमा जनताले सजिलै लाभ लिन सकिने उल्लेख गरे । मन्त्री पौडेलले भने, “रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ, अब पूर्वाधार निर्माणका लागि बोलपत्र…

विस्तृतमा...

काठमाडौं-  स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले केही अस्पतालको लापरबाहीले तथा जनचेतनाको कमिले स्वास्थ्य बिमा नविकरण गर्नेको संख्या घट्दै गइरहेको बताएका छन् । आगामी मङ्सिर २५ गते आफ्नो चार वर्षे कार्यकाल पूरा हुनलागेको सन्दर्भमा आज आयोजित प्रगति विवरण सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बिमा ऐन २०७४ र स्वास्थ्य बिमा नियमावली २०७५ ले गरेको व्यवस्थालाई कार्यान्वयन नगर्ने ७४ वटा संस्थालाई कारबाही गरी सूचीबाट हटाएको जानकारी दिए । उनले नियमित अनुगमनका लागि अनुगमन सदस्य गठन गरिएको पनि जानकारी दिए । कार्यविधिको मापदण्ड अनुसार विभिन्न अस्पताललाई सूचीकरण गर्ने कार्य गरिएको उनको भनाई छ । अहिले…

विस्तृतमा...

काठमाडौँ-  सिमकोट गाउँपालिका–७ डाँडाफयाँका पशुवस्तुमा अज्ञात रोगको सङ्क्रमण देखिएको छ । केही दिनयतादेखि डाँडाफयाँ, थाया, जबुका गाउँलगायतका चौपायमा अज्ञात रोग देखिन थालेको स्थानीयले बताएका छन् । यहाँका जुमा र झोपाले घाँस नखाने, र्याल काढ्नेलगायत रोग देखिन थालेको स्थानीय डबल सिंहले बताउनुभयो । आफ्नालगायत अन्य जुमा, झोपा पुशमा यस्तो लक्षण देखिएको उहाँले बताउनुभयो । हालसम्म दुईवटा झोपा अज्ञात रोगले मरेका छन् । झोपाको मूल्य पछिल्लो समय रु ८० हजारसम्म पर्ने गरेको छ । खेत जोत्नका लागि पालिएका झोपा अज्ञात रोगले मरेपछि ठूलो नोक्सानी हुने यहाँका किसानले गुनासो पोखेका छन् । अज्ञात रोगले झोपा मर्न थालेपछि धनजनको क्षति हुनुका साथै खेत जोत्न…

विस्तृतमा...

काठमाडाैं- अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएकी पूर्व मुमा बडामहारानी रत्न राज्य लक्ष्मी शाहलाई हाइ केयरमा उपचार थालिएको छ । उपचारका क्रममा उनलाई निमोनिया देखिएपछि हाइ कियर युनिटमा सारिएको हो । ९७ वर्षिया शाहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार साँझ नर्भिक अस्पताल लगिएको थियो । शाहको उपचारमा अस्पतालका कार्डियोलोजिस्ट डाक्टर यादव भट्टसहितको टोली खटिएको छ । परीक्षणको क्रममा उनलाई निमोनिया भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उल्लेख गर्दै उनको निजी सचिव शम्भु अधिकारीले बताए। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ । रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन् । राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी महेन्द्र मञ्जिलमै बस्दै आएकी छन् ।

विस्तृतमा...

काठमाडौं- नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र यस वर्ष १३ हजार ८९८ जना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेशभित्र सबैभन्दा धेरै प्रभावित जिल्ला कास्की छ । प्रदेशमा ७ हजार १६१ संक्रमित फेला परेका छन् । त्यसैगरी तनहुँमा २ हजार २२६ जना संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार यसवर्ष २८ हजार २१२ संक्रमित भएका भएका छन् । देशभर भने डेंगुबाट…

विस्तृतमा...

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अस्वस्थ भएपछि उनले सबै भेटघाट बन्द गरेको स्रोतले बताएको छ । उनलाई हिजोबाट १०४ डिग्रीसम्मको ज्वरो आइरहेको बताइएको छ । अहिले ओलीका निजी चिकित्सक दिलीप शर्मा लगायतको टोलीले निगरानीमा राखेका छन् । डाक्टरहरुले प्रधानमन्त्री ओलीलाई डेंगु भएको आशंका गरेका छन् । डेंगु परीक्षणका लागि ओलीको रगत जाँच गर्न पठाइएको छ।

विस्तृतमा...

कैलाली- कैलालीको धनगढीमा मादक पदार्थ सेवन गरेका डाक्टरको कार दुर्घटनामा परेको छ । मादक पदार्थ सेवन गरेका एक डाक्टरले धनगढी मुख्य सडकको तारजाली र ट्रिगार्ड भाँचेका हुन् । कैलाली प्रहरीले सोमबार साँझ पौने ७ बजे धनगढी–३ बोराडाँडी घर भएका डाक्टर शम्भुप्रसाद भट्टले तारजाली र ट्रिगार्डका भाँचेका बताएको छ । मादक पदार्थ सेवन गरेर बिएबी ५८९९ नम्बरको कार चलाइरहेका डाक्टर भट्टले मुख्य सडकको मेडियनमा लगाइएको तारजाली र ट्रिगार्डमा क्षति पुगाएका हुन्। मादक पदार्थ सेवन गरी आफैँ कार चलाइरहेका भट्टले धनगढी मुख्य सडकको प्रहरी पेट्रोल पम्प अगाडि तारजालीमा क्षति पुगाएको कैलाली प्रहरीले जनाएको छ । डाक्टर भट्ट र उनले चलाएको कारलाई कैलाली…

विस्तृतमा...

चितवन- मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔं र खुलेर चर्चा गरौं’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रूख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ । ‘हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ’, उनले भने, ‘कतिपय मानसिक स्वास्थ्यका बारेमा खुलेर जिज्ञासा राख्न नसक्ने भएकाले भविष्यमा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले समयमा नै सचेतना फैलाउनु जरुरी छ ।’ कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔं, बहस गरौं र चासो देखाऔं भन्ने सङ्केत…

विस्तृतमा...

काठमाडौं- पाकिस्तानको लाहोर शहर सबैभन्दा प्रदूषित हावा भएको सहर बनेको छ । आइतबार लाहोर शहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक विद्यायललाई एक साताका लागि बन्द गर्न निर्देशन दिएको छ । लाहोरको वायू प्रदुषण अत्याधिक खराब भएपछि आजबाट त्यहाँका कार्यालयका करिब ५० प्रतिशत कर्मचारीलाई घर बाटै काम गर्न सरकारले निर्देशन जारी गरेको छ । पाकिस्तानले ‘ग्रिन लकडाउन’ योजनालाई लागु गरेको र त्यस अन्तर्गत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ । पाकिस्तानको हावामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म कणको स्तर खतरनाक तहमा पुगेपछि सरकारले यस्तो कदम चालेको हो । गुणस्तर खराब…

विस्तृतमा...