बाजुरा- जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएकाे छ । अस्पतालमा रहेको अक्सिजन प्लान्टमा समस्या आएपछि अक्सिजन अभाव भएकाे हाे । अक्सिजन प्लान्टमा समस्या आएपछि दुई महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएकाे छ । भदौ महिनामा अस्पतालमा रहेकाे अक्सिजन प्लान्ट मेसिन बिग्रिएपछि असोज २० गते मर्मत गरेर अक्सिजन सेवा पुनः सुरु गरेपनि २ दिनपछि फेरि समस्या आएर करिब २ महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएको छ । अक्सिजन प्लान्टमा खरावी आएपछि जिल्ला अस्पतालमा रहेका अक्सिजन सिलिण्डरहरु रित्तिएका छन् । अस्पतालका सूचना अधिकारी नृपराज गिरीले अक्सिजन प्लान्ट मर्मतका लागि कम्पनीलाई भनिसकेको र त्यसका पाटपुर्जा नेपालमा नपाइने भएकाले समय लागेकाे बताए । उनले…
स्वास्थ्य डायरी
काठमाडौँ- डा.ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिक्षा तथा समाजसेवी स्व.तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो । विशेषज्ञ चिकित्सक, चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको समूहले बलवा नगरपालिकाको ग्रामीण भेगका न्यून आय भएका तथा सीमान्तकृत समुदायका मानिसको मुटुरोग, मधुमेह, उच्च रक्तचाप, कोलस्टोरेललगायतका जाँच गर्नुका साथै अन्य स्वास्थ्य समस्याका बारेमा आवश्यक परामर्श दिएको थियो । शिविरमा इको, इसिजी, सुगर जाँच गरी एक महिनासम्मका लागि निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । शिविरमा स्थानीयवासीलाई खानपान, स्वास्थ्यसम्बन्धी सचेतना गराइएको फाउन्डेशनले जनाएको छ । बुधबार सम्पन्न शिविरमा तीन सय बढीले…
जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए । गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छिन् । उनी हाल दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबीबीएस अध्ययन गर्न रु ४६ लाख लाग्नेमा गाउँपालिकाले रु २३ लाख प्रिन्सालाई छात्रवृत्ति बापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताए । चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने सर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ । यस्तै कनकासुन्दरी…
मुग्लिन- इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले रु एक लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ । ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरे । इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताए । उक्त संस्थाले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनका लागि पशुपालन, सागसब्जीखेती, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि गाउँपालिकासँगको सहकार्यमा उक्त संस्थाले सात सय घरलाई सुधारिएको चुल्हो वितरण गरेको थियो ।
गण्डकी- प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको दुई सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिए । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि उक्त योजना समेटिँदै आएको स्वास्थ्यमन्त्री पाठकले बता ए ।…
काठमाडौँ- सुदूरपश्चिम सरकारले ३५ जना विद्यार्थीलाई एमबीबीएस पढाइरहेको छ । चिकित्सक संख्या न्यून रहेको सुदूरपश्चिममा प्रदेश सरकारले हरेक वर्ष नौ जनाका दरले हालसम्म ३५ जनालाई छात्रवृत्ति दिएर चिकित्सा शास्त्र संकायतर्फ स्नातक (एमबीबीएस) अध्यापन गराइरहेको हाे । एमबीबीएस अध्ययनमा लाग्ने सम्पूर्ण शुल्क प्रदेश सरकारले छात्रवृत्तिका रूपमा तिर्ने गरेको छ । अध्ययनरत ३५ जनामध्ये २७ छात्र र ८ छात्रा छन् । उनीहरू मुलुकका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत छन् । एमबीबीएस अध्ययन पूरा गरेपछि उनीहरूले दुई वर्ष अनिवार्य रूपमा प्रदेशमै सेवा गर्नुपर्ने सर्त छ । चालु आर्थिक वर्षमा पनि थप ९ जनालाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु भइसकेको छ । प्रदेश सरकारको छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीमध्ये सबैभन्दा…
काठमाडौं– नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए। सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछी हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औँ हप्ता चलिरहेको छ । डा दाहालले ४२औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औँ हप्तामा दुई हजार…
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरिन् । मंगलबार डेंगुको आंशकामा उनकाे रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा. शाहले बताइन् । ओलीलाई अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा. शाहले बताइन् । ओलीको स्वास्थ्यमा अस्तिबाट समस्या आएको थियो । अस्वस्थ भएपछि उनले अत्यावाश्यकबाहेकका भेटघाट बन्द गरेका छन् ।
काठमाडौं- भारतको राजधानी नयाँदिल्लीमा प्रदूषण अत्यधिक बढेपछि कृत्रिम वर्षा गराउन लागिएको छ । दिल्ली सरकारले प्रदूषणसँग जुध्नका लागि कृत्रिम वर्षा गराउने प्रयास गरिरहेको दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले बताए । उनले भने, ‘राजधानीमा लगातार बिग्रँदै गएको हावाको गुणस्तरका कारण श्वासप्रश्वासका बिरामी बढेका छन् ।’ जाडोयाम सुरु हुनेबित्तिकै उत्तरी भारत प्रदूषणको चपेटामा पर्छ । चिसो धुलोले भरिएको हावाको तह, सवारीसाधनबाट निस्कने धुवाँ र पजाब-हरियाणाका खेतमा बाल्ने परालको धुवाँले गर्दा सहर प्रदूषित वायुमण्डलले ढाकिन्छ। जसका कारण दिल्ली र वरपरको क्षेत्र विषाक्त कुहिरोमा डुब्न पुग्छ । मंगलबार दिल्लीका ३९ वायु प्रदूषण मापक केन्द्रमध्ये एक तिहाइले ४०० भन्दा बढी एक्यूआई रेकर्ड गरिएको छ । वायु…
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको मंगलबार रगत जाँच गरिएको थियो । डेंगु भएको आशंकामा रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।ज्वरो आएर अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य भेटघाट गरेका थिएनन् । प्रधानमन्त्री निवास बालुवाटारमै उनी आराम गरिरहेका छन् ।

