बागलुङ- गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्नेगरी बजेट विनियोजन भएको हो । धवलागिरि आयुर्वेद औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको बनाउन गण्डकी प्रदेश सरकारले एक करोड ३६ लाख बजेट व्यवस्थापन गरिसकेको छ । पछिल्लो समय आयुर्वेद औषधालयप्रति बिरामीको आकर्षण बढ्न थालेपछि गण्डकी सरकारले चालु आर्थिक वर्षमा सेवा सञ्चालन गर्नेगरी औषधालय स्तरोन्नति गर्न बजेट विनियोजन गरेको हो । अहिले रहेको औषधालयको भवनलाई मर्मतसम्भार गरी सेवा सञ्चालनका लागि तत्कालै एक करोड ३६ लाख पठाउने तयारी भएको र आगामी वर्ष नीति तथा कार्यक्रममार्फत…
स्वास्थ्य डायरी
गण्डकी– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए । स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चितताका लागि आम्दानीका आधारमा विमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुपर्ने बताए । स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधारसमेत प्रस्तुत गर्दै आफूले बिमाको रकम रु पाँच लाख पुर्याउनुपर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले बताए । देशको बजेटको चार प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै उनले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको…
काठमाडौं– अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको चराङ र घमीमा सञ्चालन गरिएको शिविरमा करिब चार सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा चीनबाट आएका चिकित्सकसहित आधुनिक चिकित्सा पद्धति र परम्परागत सोवारिग्पा उपचार पद्धतिका १६ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए भने बिरामीलाई औषधि पनि निःशुल्क वितरण गरिएको थियो । सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा. नीमाछिरिङ नेपालीले जानकारी दिइन्…
काठमाडौँ- भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका विरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइँदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्त क्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्री सेवा सुरु गरिएको हो । यसका लागि आवश्यक पर्ने उपकरण एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो । उनका अनुसार एकजना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो। तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उनले बताए । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी…
डोटी- बुधवार राति डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु थियाे । खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य उपचारपछि राति शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । हिजो प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको थियो । डाक्टर राजमणि यादव, डाक्टर सुरेन्द्रकुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर नियन्त्रणमा लिएका तीनै जना चिकित्सकलाई प्रहरीले छोडिसकेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी…
काठमाडाैं- ललितपुरमा रहेको बी एण्ड बी अस्पताल २८औं वर्षमा प्रवेश गरेको छ । हिजो एक कार्यक्रमकाबीच बी एण्ड बी अस्पतालले आफ्नो २७औं वार्षिकउत्सव मनाएको छ । सो अवसरमा संस्थापक जगदिश लाल वैद्यले निजी भएतापनि बी एण्ड बी नेपालको सबैभन्दा ठूलो अस्पताल रहेको बताए । ३ सय बेड रहेको अस्पतालमा करिब एघार सय व्यक्तिले रोजगार पाएको वैद्यको भनाइ छ । जसमध्ये २ सयजना चिकित्सक र ४ सय नर्स लगायतका अन्य कर्मचारी रहेको उनले बताए । वैद्य एण्ड बास्कोटाको नामबाट परिचित बी एण्ड बी अस्पताल सुरुमा ५० बेडबाट सुरु गरिएको थियो । अहिले यो अस्पताललाई चरणवद्ध रुपमा विकास गरि चौथो चरणमा पुर्याइएको…
काठमाडाैं- दिल्लीमा वायु प्रदूषणका कारण श्वासप्रश्वासको समस्या तीव्र गतिमा बढिरहेको छ । दिल्ली-एनसीआरको हावामा प्रदूषणको स्तर यति खतरनाक स्तरमा पुगेको छ कि श्वासप्रश्वासको संक्रमणका कारण मानिसहरू अस्पतालमा भर्ना हुनु परिरहेकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार दिल्लीमा साइलेन्ट निमोनियाका केसहरू अचानक बढ्दै गएका छन् । यो रोग विशेष गरी ती व्यक्तिहरूमा देखिन्छ जसको श्वासप्रश्वास प्रणाली कमजोर छ वा जो पहिले नै कुनै अन्य रोगबाट पीडित छन् । वायु प्रदुषणका कारण यस्ता घटना भएको हुनसक्ने चिकित्सकहरुको डर छ । साइलेन्ट निमोनियामा, मानिसहरूले निमोनियाका हल्का लक्षणहरू देख्छन् र अक्सर मानिसहरूले तिनीहरूलाई बेवास्ता गर्छन् । बिस्तारै यो निमोनिया गम्भीर बन्दै जान्छ र फोक्सोको…
काठमाडौं- गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अन्तर्गतका अस्पतालहरुमा एन्टिबायोटिक सेन्सेटिभिटी जाँच गरेर मात्रै बिरामीमा एन्टिबायोटिक प्रयोग गर्न पत्राचार गरेको छ । स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापन समितिको निर्णयपछि कात्तिक १४ गते नै सबै अस्पतालमा पत्र पठाइसकिएको प्रदेश स्वास्थ्य प्रशासक डा रमेश कुमार केसीले बताए । उनका अनुसार प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशद्वारा गत वर्ष गरेको अनुसन्धानले पनि गण्डकी प्रदेशमा एएमआरको समस्या बढिरहेको देखाएको छ । त्यसैका आधारमा २०८१/ असोज १३ गते बसेको स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापन समितिको बैठकले अस्पतालहरुमा एन्टिबायोटिक सेन्सेटिभिटी जाँच गरेर प्रेस्क्राइब गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।
काठमाडौं – पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह उपचारपश्चात शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएकी छन् । ९७ वर्षीया पूर्वमुमाबडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियाे । चिकित्सकहरूका अनुसार उनलाई माइल्ड निमाेनिया भएकाे थियाे । ५ दिनकाे उपचारपछि उनकाे आज शुक्रबार डिस्चार्ज हुने स्राेतले जानकारी दिएकाे हाे । उनी नारायणहिटी दरबार परिसरमा महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।
डोटी- डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव रहेका छन् । घरमै खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको थियाे । सामान्य उपचारपछि बुधबार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बालिकाका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकहरू नियन्त्रणमा…

