स्वास्थ्य डायरी

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानविय परम्परागत मान्यता रहेको गुनासो गरे । फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ । उनले भने,‘फिस्टुलाको समस्या भएको महिलाहरु हुनुहुन्छ । उहाँहरुको पिसाब कन्ट्रोल हुँदैन् । जन्मने बेला बच्चा लामो समय अड्किएपछि त्यो समस्या हुन्छ । तर परम्परागत मान्यता पापी भएको कारण यस्तो…

विस्तृतमा...

काठमाडौँ- आज १४ नोभेम्बर अर्थात् विश्व मधुमेह दिवस । यही अवसर पारेर द ल्यानसेटले मधुमेहका बिरामीको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यो तथ्यांकले सन् १९९० यता विश्वभर मधुमेह भएका वयस्कहरुको सङ्ख्या ८० करोड नाघेको बताएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा एनसीडी रिस्क फ्याक्टर कोलाब्रेसनद्धारा गरिएको यो विश्लेषणमा मधुमेहको बढ्दो महामारी र फराकिलो हुँदै गएको उपचारको अवस्थालाई सम्वोधन गर्न तत्काल बलियो विश्वव्यापी अभियान आवश्यक रहेको बताएको छ । अझ् यस्तो समस्या कम तथा मध्यम आय भएका मुलुकहरूमा रहेको समेत उसले उल्लेख गरेको छ । डब्लुएचओका महानिर्देशक डा, टेड्रोस अधोनभ गेब्रेयससले विगत तीन दशकमा विश्वभर नै मधुमेहको डरलाग्दो…

विस्तृतमा...

काठमाडौं- नेपाल चिकित्सक सङ्घको आयोजनामा प्रथम नेपाल चिकित्सक सङ्घ (एनएमए) खेलकुद प्रतियोगिता हुने भएको छ । एनएमएका महासचिव डा सञ्जीव तिवारीले आज एक विज्ञप्ति जारी गरी चितवनको भरतपुरस्थित कासी खेल तथा मनोरञ्जन केन्द्रमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिए।यही कात्तिक ३० र मङ‌सिर १ गते हुने उक्त प्रतियोगितामा फुटसल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस तथा पौडीलगायतका खेल हुनेछन् । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले देशभरका युवा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यस्त दिनचर्याबाट केही राहत महसुस गराउन तथा मनोरञ्जनका लागि प्रोत्साहित गर्न उक्त प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यकौशलतामा सहयोग पुग्ने सङ्घले जनाएको छ । उक्त…

विस्तृतमा...

काठमाडौं – काठमाडौं उपत्यका र चितवनको भरतपुरको वायु बिहीबार ‘अस्वस्थकर’ छ । बिहीबार अपराह्न १२ बजे पछिल्लो २४ घण्टाको वातावरण विभागको रेकर्डअनुसार काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर र चितवनको भरतपुरको वायु अस्वस्थकर वर्गमा छ । ती क्षेत्रमा वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५० भन्दा माथि छ । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ । काठमाडौंमा बिहीबार दिउँसो निरन्तर वायु प्रदूषण्को मात्रा बढ्ने विभागको अनुमान छ । बिहीबार साँझ ८ बजे काठमाडौंको वायुमा (पर्टिकुलेट म्याटर)को औसत मात्रा ६६.८६१ पुग्ने विभागको…

विस्तृतमा...

काठमाडौँ- आज विश्व मधुमेह दिवस, यस अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो। यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने रहेको छ । विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । रगतमा चिनीको मात्रा बढि हुने भएकाले मधुमेह रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले…

विस्तृतमा...

काठमाडौं- किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ । अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको उक्त मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर…

विस्तृतमा...

पोखरा- गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । डेंगु भएपछि गौचनको उपचारको क्रममा निधन भएको हो । ६३ वर्षीया उनको बुधबार राती १ बजेर ४५ मिनेटमा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गएको शुक्रबार डेंगुको लक्षण देखिएपछि उनलाई ग्रिनसिटी हस्पिटल लगिएको थियो । इर्मेजेन्सीमा उपचारपश्चात सोहीदिन काठमाडौंको घरमा ल्याइयो । शुक्रबार डेंगीले च्यापेपछि उनलाई फेरी ग्रिनसिटी नै पुर्याइयो । ग्रिनसिटीबाट त्यही दिन ग्रान्डी लगेको पारिवारिक स्रोतले जनाएको छ । उनी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद भएकी हुन् । 

विस्तृतमा...

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । महानगरले उक्त कार्यका लागि रु पाँच करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको छ । मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको महानगरले जनाएको छ । बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको छ । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।

विस्तृतमा...

भक्तपुर- जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न थालेको आशङ्कामा गोप्य ‘सर्च’ गर्नाका साथै छापा मार्न थालेको छ । मानवीय शरीरजन्य रोगका उपचारका लागि सरकारले स्वीकृत दिएका औषधि बिक्री गर्न सञ्चालन भइरहेका फार्मेसी अर्थात् औषधि पसल नै मानवीय स्वास्थ्य जोखिममा पार्ने लागुऔषध कारोबार गर्न थालेपछि प्रहरी यसतर्फ केन्द्रित हुँदै पक्राउ गर्न थालेको प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष लागुऔषध कारोबारको अभियोगमा भक्तपुरमा एक जनालाई पनि…

विस्तृतमा...

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् ।  दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको  छ । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा  ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले…

विस्तृतमा...