वासिङटन डिसी- अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् । यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, ‘ओहो, यो ठूलो निर्णय हो । अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि अनुचित मूल्य चुकाएको छ ।’
ट्रम्पले डब्ल्यूएचओमा अमेरिका फर्कियोस् भन्ने चाहेकोले यसबारेमा पछि फेरि सोच्न सकिने उल्लेख गरे ।
विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।