काठमाडौं- आँखामा लाग्ने सापू नामक रोगको रोकथामका लागि आँखा विशेषज्ञहरुको समाज नेपाल अफ्थाल्मिक सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ । सोसाइटीका अध्यक्ष डा. पुरुषोत्तम जोशी, महासचिव डा. तेजसु सिंह मल्ल लगायत पदाधिकारीले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सापू रोग रोकथामका लागि मन्त्रालयलाई अनुरोध गरेका हुन् । सोसाइटीले सिजनल हाइपरएक्युट प्यानुभाइटिस (सापू) रोगलाई उपेक्षित उष्णकटिबन्धीय रोग (NTD) को सूचीमा समावेश गर्न पनि माग गरेको छ । सोसाइटीको कार्यसमितिको २०२५ फेब्रुअरी १ मा बसेको बैठकले सापू रोगलाई उपेक्षित उष्णकटिबन्धीय रोगको सूचीमा राख्न सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो । पाँच दशकदेखि नेपालका विभिन्न क्षेत्रमा देखिँदै आएको यो आँखाको…
स्वास्थ्य डायरी
काभ्रे – धुलिखेल अस्पताल र सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टरबीच उपचार सेवामा शुल्क छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरको उपस्थितिमा भएको उक्त सम्झौताअनुसार एपीएफका बहालवाला तथा अवकास प्राप्त कर्मचारी तथा आश्रित परिवार र वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवामा छुट हुनेछ । सेवा लिनका लागि सम्झौताबमोजिम सशस्त्र प्रहरीबाट प्रमाणित कागजात पेस गर्नुपर्ने गणका सूचना अधिकारी लीलाबहादुर कार्कीले बताए । सम्झौताअनुसार विभिन्न शीर्षकमा निम्न बमोजिमका सेवामा छुट सुविधा प्राप्त गर्नेछ ।
काठमाडौं- कक्षा १२ (प्लस टु)मा जुनसुकै विषय लिएर अध्ययन गरेका विद्यार्थीले पनि जनरल नर्सिङ विषय अध्ययन गर्न पाउने भएका छन् । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७औँ बैठकले यस्तो निर्णय गरेको हो । यससंगै अब जनरल नर्सिङ विषय प्लस टुमा जुनसुकै विषय लिएर अध्ययन गरेका विद्यार्थीहरूले पढ्न पाउँने भएका छन् । यसअघि विज्ञान विषय लिएर १२ कक्षा पास भएपछि मात्र स्नातक तहमा नर्सिङ (बिएस्सी नर्सिङ) विषय अध्ययन गर्न पाउने प्रावधान छ । यो निर्णयसँगै नेपालमा पहिलो पटक जनरल नर्सिङ विषयमा अध्ययन हुने भएको हो ।
गुल्मी- जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो । विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै प्रकारका सेवा डिजिटल प्रविधिका माध्यममा स्पष्ट देखिने भएको छ। विश्व स्वास्थ्य सङ्गठन नेपालका डा एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य सङ्गठन नेपालका डा गोकोटनाले यो सेवाबाट नागरिकलाई धेरै सहजता पुर्याउने भन्दै जिल्लावासीले यसको अधिकतम प्रयोग गरेर सेवा लिन आग्रह गरे । यस…
काठमाडाैं- नेपाल सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन देशभर अभियान सञ्चालन गरे पनि केही जिल्लामा धार्मिक विश्वासका कारण किशोरीहरू खोप लगाउन अस्वीकार गर्ने समस्या देखिएको छ । सिन्धुली र चितवनमा विशेष गरी केही धार्मिक समूहले खोप अभियानमा अवरोध पुर्याएका छन् । सिन्धुलीको दुधौली नगरपालिकाका केही वडामा ‘सच्चाइ’ र ‘जोराइ’ नामका धार्मिक समूहका परिवारहरूले आफ्ना छोरीहरूलाई खोप लगाउन अस्वीकार गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप सुपरभाइजर पुष्प पन्तका अनुसार खोप अभियानको लक्ष्यअनुसार ४ प्रतिशत किशोरीहरूले खोप लगाउन अस्वीकार गरेका छन्, जसमा मुख्य रूपमा धार्मिक विश्वासकै कारण प्रभाव परेको छ । नगरपालिकाले जिल्ला प्रहरी, नगर प्रहरी…
जनकपुर- जनकपुरधाममा अवैध अस्पताल सञ्चालनन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोडर्न अस्पताल सञ्चालन गर्दै आएका रामभरोषी महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । विनादर्ता अस्पताल सञ्चालन गरी बिरामी ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मुख्यमन्त्री सतीश कुमार सिंहले अनुगमनको क्रममा दर्ता नरहेको अस्पतालहरुलाई मापदण्ड पुरा गरी दर्ता नगराएसम्म संचालनमा नल्याउन निर्देशन दिनुका साथै अस्पतालमा ताला लगाई साँचो हस्तान्तरण गर्न भनेका थिए । तर, बिहीबार बेलुका मुख्यमन्त्रीसहितको टोली अनुगमन गर्न पुग्दा सो अस्पताल संचालनमै रहेको र नयाँ विरामी समेत भर्ना गरेको पाइएपछि प्रहरीले संचालक महतोलाई पक्राउ गरेको हो ।…
काठमाडौँ- पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७० प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् । खोप अभियान सुरु भएको नवौँ दिनमा ११ लाख ६१ हजार ८७४ लक्षित किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार कोशी प्रदेशमा दुई लाख १९ हजार ८३, मधेश प्रदेशमा एक लाख ८१ हजार ४८७, बागमती प्रदेशमा दुई लाख २४ हजार ७०२ किशोरीले खोप लगाएका छन् । यसैगरी, गण्डकी प्रदेशमा ९८ हजार १७३, लुम्बिनी प्रदेशमा दुई लाख १० हजार ८६, कर्णाली प्रदेशमा ८७ हजार ९०४, सुदूरपश्चिम प्रदेशमा एक लाख ४० हजार ४३७ किशोरीले एचपिभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख…
गण्डकी – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आजदेखि सुरु गरिएको नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानको आज पोखरास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँबजारमा शुभारम्भ गर्दै उनले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरेपनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको बताए । “जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ”, उनले भने, “निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको हो ।”विशेषतः मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने जनाउँदै उनले ती समस्याको सुरुमा नै पहिचान भएमा अन्य…
काठमाडौँ- काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ । विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ । पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ । त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ । वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ । त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि आरम्भ गरेको निःशुल्क ‘स्क्रिनिङ’अभियान सफल बनाउन सम्बद्ध सबैमा आग्रह गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले देशमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको तथा त्यसमा जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन् । यो समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिता सहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवं उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको महसुस गरेपछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव…

