काठमाडौं- कक्षा १२ (प्लस टु)मा जुनसुकै विषय लिएर अध्ययन गरेका विद्यार्थीले पनि जनरल नर्सिङ विषय अध्ययन गर्न पाउने भएका छन् । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७औँ बैठकले यस्तो निर्णय गरेको हो ।
यससंगै अब जनरल नर्सिङ विषय प्लस टुमा जुनसुकै विषय लिएर अध्ययन गरेका विद्यार्थीहरूले पढ्न पाउँने भएका छन् । यसअघि विज्ञान विषय लिएर १२ कक्षा पास भएपछि मात्र स्नातक तहमा नर्सिङ (बिएस्सी नर्सिङ) विषय अध्ययन गर्न पाउने प्रावधान छ ।
यो निर्णयसँगै नेपालमा पहिलो पटक जनरल नर्सिङ विषयमा अध्ययन हुने भएको हो ।