काठमाडौं – कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यलाई भेट्न रोक लगाएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरेको हो । संक्रमणको जोखिम रहेकाले बाह्य मानिसहरूसँग भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ ।
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बलून पड्कँदा अर्थमन्त्री पौडेर मेयर आचार्य घाइते भएका थिए । अनुहार, हात तथा गर्धनमा जलन भएका उनीहरूको कीर्तिपुर अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।
चिकित्सकले थप २४ घन्टा निगरानीमा राख्नुपर्ने बताएका छन् । उनीहरूको अवस्था शनिबारको तुलनामा सुधारोन्मुख रहेको र संक्रमणको जोखिम भने रहेको अस्पतालले बताएको छ ।
घाउको अवस्था ड्रेसिङ गरेपछि जानकारी गराइने र अवस्था सामान्य भए तापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट बन्द गर्नुपरेको अस्पतालले बताएको छ ।