दैलेख- स्वास्थ्य सेवा कार्यालय, दैलेखले कार्यालय समय अवधिभर सामाजिक सञ्जाल तथा मोबाइल फोनको अनावश्यक प्रयोग नगर्न आग्रह गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा अवरोध पुर्याउने भएकाले कर्मचारी तथा सेवाग्राहीलाई अत्यावश्यक कार्य बाहेक मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग नगर्न अनुरोध गरेको हो।
स्वास्थ्य सेवा कार्यालयका अनुसार, कार्यक्षमता बढाउन र सेवाग्राहीलाई छिटो, छरितो तथा प्रभावकारी सेवा प्रदान गर्न यस्तो निर्णय गरिएको हो।
सूचनामा कर्णाली प्रदेश सरकार, विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा दैलेख अस्पताल प्रशासनको नाम उल्लेख गरिएको छ। कार्यालयले सबै कर्मचारीलाई कार्यस्थलमा पूर्ण ध्यान दिन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग गर्न आह्वान गरेको छ।