
स्याङ्जा- रेबिज रोगबाट संक्रमित घरपालुवा जनावर किनबेच गरेको आरोपमा वालिङबाट दुईजना पक्राउ परेका छन् । जनावर बिक्री गर्ने वालिङ नगरपालिकाका ५५ वर्षीय राजेन्द्रबहादुर केसी र खरिदकर्ता ५० वर्षीय शंसुद्धिन मिया पक्राउ परेका हुन् ।
केसीले बिरामी परेका भैंसीसहित पाडा, बाख्रा र पाठीगरी चारवटा जनावर मियालाई बिक्री गरेका थिए । बिक्रीपछि भैंसी मरेको र भैंसीमा रेबिजको लक्षण देखिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । जनावर खरिदगरी मासुका लागि बजारतर्फ लाँदै गरेको अवस्थामा मियालाई पक्राउ गरिएको हो । बालिङ नगरपालिकाका पशु प्राविधिकलाई उदृत गर्दै भैंसीमा संक्रामक रोग रेविजको लक्षण देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेको दुवैजनालाई जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान जारी छ । प्रहरीका अनुसार मरेको भैंसीलाई व्यवस्थित रूपमा गाडेको छ भने अन्य ३ पशुलाई केसीकी पत्नीलाई जिम्मा लगाइएको प्रनाउ पौडेलको भनाइ छ ।
मरेको भैंसीलाई केही दिनअघि कुकुरले टोकेको बताइएको छ ।