धनगढी – कैलालीको गेटा अस्पतालमा दूरबीन प्रविधिबाट पहिलोपटक सफल शल्यक्रिया भएको छ । धनगढी उपमहानगरपालिकाको फुलबारीका १८ वर्षीय दिनेश गिरीको दूरबीन प्रविधिबाट शल्यक्रिया गरिएको हो।

गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गिरीको घुँडाको एसिएल इन्जुरीको शल्यक्रिया गरिएको हो। अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. मोहन नाथ र मोहनचन्द्र जोशी तथा एनेस्थेसिया विशेषज्ञ डा. आशिष तिवारीको टिमले दूरबीन प्रविधिबाट शल्यक्रिया गरेको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

सूचना अधिकारी कार्कीले एसिएल इन्जुरीको दूरबीन प्रविधिबाट सुदूरपश्चिममै पहिलोपटक शल्यक्रिया भएको दाबी गरे ।
गेटामा अहिले ५० शय्याको अस्पताल सञ्चालनमा छ। त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण सम्पन्न भइसकेको छ ।
Last Modified Date: २०८१ चैत्र १३, बुधबार







