

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा अस्पताल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।
त्यसक्रममा सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ। अनुगमन टोली देखेपछि अस्पतालमा भर्ना भएका बिरामी छाडेर उनीहरू भागेका थिए ।
यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।