

काठमाडौं- वरिष्ठ चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ । त्रिपुरेश्परस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको कुपन्डोल निवासी डा. श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ।
डा. श्रेष्ठले सर्वसधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका छन् । उनी तत्कालिन राजा वीरेन्द्रका र मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सक समेत हुन् । राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ।
वीरेन्द्र युवराज हुँदादेखि नै चिकित्सकीय सेवा दिएका उनलाई २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’ को उपाधि प्रदान गरिएको थियो ।