काठमाडौं । विश्व मधुमेह दिवसको अवसरमा अल्का अस्पतालले मधुमेह रोगबारे जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक र्याली आयोजना गरेको छ।

नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवसका अवसरमा आयोजित र्यालीमा मधुमेह रोगको जोखिम, रोकथाम र समयमै पहिचानको महत्त्वबारे सन्देश प्रवाह गरिएको थियो।


र्यालीमार्फत स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित खानपान गर्न, नियमित शारीरिक व्यायाम गर्न तथा समय–समयमा स्वास्थ्य परीक्षण गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
मधुमेहलाई समयमै पहिचान गरी उचित उपचार र जीवनशैलीमा सुधार गर्न सके यसबाट हुन सक्ने जटिलता न्यूनीकरण गर्न सकिने सन्देशसमेत र्यालीमार्फत दिइएको थियो।

Last Modified Date: २०८३ कार्तिक २९, शनिबार







